हिमालयन बैंकको पाटन शाखाबाट ऋणी सुभास श्रेष्ठको संस्थापक शेयर लिलामी बिक्री सूचनाHimalayan Bank: Patan Branch Auction of Promoter Shares of Debtor Subhas Shrestha
- वर्ग:
- Auction
- प्रकाशित मिति:
- Published on June 11, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 5 मिनेट
हिमालयन बैंक लिमिटेड
पाटन शाखाको तपसिलमा उल्लेखित ऋणीको धितोमा रहेको संस्थापक शेयर लिलाम बिक्री हुने सम्बन्धी १५ (पन्ध्र) दिने अत्यन्त जरुरी सूचना
तपसिलमा उल्लेखित ऋणीले यस बैंकको शाखा कार्यालय पाटन, ललितपुरबाट लिएको शेयर कर्जाको बैंकलाई समय समयमा तिर्न बुझाउनु पर्ने साँवा, ब्याज, हर्जाना आदि नतिरी नबुझाई कर्जा सम्बन्धी शर्तबन्देज उल्लंघन गर्नुभएको, बैंकले ऋणी तथा जमानतकर्तालाई पटक पटक लिखित एवं मौखिक तरताकेता गर्दा समेत बैंकलाई तिर्न बुझाउनु पर्ने साँवा ब्याज हर्जाना लगायतका रकम नबुझाएको कारणले बैंकले ऋणी तथा जमानतकर्तालाई यस बैंकको कर्जा असुली ऐन, २०५८ तथा प्रचलित कानून बमोजिम कर्जा असुलीको कारबाही अगाडि बढाउनु परेकोले ऋणी तथा जमानतकर्ताले बैंकको कर्जा चुक्ता गर्न तथा कुनै पनि नगरी बेवास्ता गरी बसेकोले यस अघि सम्पूर्ण कर्जा चुक्ता गर्न यस बैंकबाट मिति २०८०।१२।०८ को कारोबार राष्ट्रिय दैनिकमा ३५ दिने तथा धितोमा रहेको संस्थापक शेयर लिलाम बिक्रीको सूचना प्रकाशित गरी सम्पूर्ण साँवा, ब्याज चुक्ता गर्न अनुरोध गर्दा समेत पनि आज सम्म उक्त कर्जाको साँवा र सोमा लागेको ब्याज बुझाउनु नपर्ने हुँदा धितो संरक्षणमा रहेको तपसिलमा लेखिएको शेयर जे अवस्थामा छ सोही अवस्थामा शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गरी बैंकको लेना रकम असुल उपर गर्नु पर्ने भएकोले धितोमा रहेको संस्थापक शेयर बिक्री गर्न यो १५ (पन्ध्र) दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । प्रकाशित सूचनाको म्याद भित्र ऋणी तथा जमानतकर्ताले कर्जा चुक्ता गर्न नआएमा प्राप्त बोलपत्रहरु तोकिएको मिति र समयमा खोलि लिलामी प्रक्रियाबाट बिक्री गरिने हुँदा संस्थापक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थालाई बैंकबाट प्राप्त हुने बोलपत्र फारम भरी तपसिलमा उल्लेखित मिति र समय भित्र बैंकको पाटन शाखामा आइपुग्ने गरी प्रति कित्ता के कति दररेटमा लिन आवेदन पेश गर्न आह्वान गरिन्छ । धितोको संस्थापक लिलाम बिक्री भई वा नभई बैंकको लेना रकम असुल उपर हुन नसके बैंकको लेना रकम असुल सम्बन्धी ऐन, २०५८ बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम असुलीको थप कारबाही अगाडि बढाइने व्यहोरा समेत पूर्व जानकारीको लागि सूचित गरिन्छ ।
तपसिल
श्रेणीको विवरण
शाखा कार्यालय: पाटन शाखा, ललितपुर
गोपाल श्रेष्ठको नाति अशोक श्रेष्ठको छोरा मकवानपुर जिल्ला, हेटौडा उ.म.न.पा. वडा नं. ४ बस्ने सुभास श्रेष्ठ (ऋणी)
संरक्षणको विवरण
ऋणी सुभास श्रेष्ठको नाममा दर्ता कायम रहेको संस्थापक शेयरहरु:
प्राइम कमर्सियल बैंक लि. ४२, ८९४
युनाइटेड अजोड इन्सुरेन्स लि. ३६, २७२
महालक्ष्मी विकास बैंक लि. ७३, ८५३
नोट: शेयरको न्यूनतम अंकित मूल्य रु. १००/- (एक सय मात्र) रहेको छ ।
लिलामी बिक्रीका शर्तहरू:
- बोलपत्र आवेदन फाराम यस बैंकको शाखा कार्यालय, पुल्चोक, ललितपुरबाट कार्यालय समयभित्र रु.१,०००/- (फिर्ता नहुने) तिरी खरिद गर्न सकिनेछ ।
- एक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एउटा संस्थाको लागि एक भन्दा बढी बोलपत्र पेश गर्न पाइने छैन ।
- शिलबन्दी बोलपत्र यो सूचनामा तोकिए बमोजिम मिति, स्थान र समय भित्र प्राप्त भईसक्नु पर्नेछ । म्याद नाघी वा रित नपुगेको आएको शर्त सहितको बोलपत्र उपर कुनै कारबाही गरिने छैन ।
- बोलपत्रदाता वा निजको प्रतिनिधिले बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेका दिन बोलपत्र बुझाउने र खोल्न सकिनेछ । बोलपत्र खोलिने दिन बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पुग्ने छैन ।
- बोलपत्रदाताले बोलपत्र फाराममा सरकारले गरेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गरी शिलबन्दी गरी दाखिला गर्नुपर्नेछ । अंक र अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत नगरेको बोलपत्रलाई मान्यता दिइने छैन ।
- बोलपत्रदाता नेपाली नागरिक वा नेपालमा दर्ता भएको संगठित संस्था कम्पनी हुनुपर्नेछ । बोलपत्रदाताले बोलपत्र फाराममा आफ्नो नाम, ठेगाना, टेलिफोन नम्बर तथा आफ्नो हितग्राही खाता नं. (Demat Account No) लगायत बोलपत्र फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ । बोलपत्रदाताले प्राइम कमर्सियल बैंक लि. वा युनाइटेड अजोड इन्सुरेन्स लि. र/वा महालक्ष्मी विकास बैंक लि. को शेयरधनि भएमा आफूसँग भएको उक्त शेयरको संख्या र शेयर प्रतिशत लगायत फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।
- बीमाको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम Fit and Proper Test मापदण्डका आधारहरु पुरा भएको व्यक्ति, फर्म, कम्पनी, संस्थाले आवेदन दिन सक्नेछन् । बोलपत्रदाताले नेपाल राष्ट्र बैंकले संस्थापक हुन तोकेको सम्पूर्ण प्रकृया (Fit and Proper Test मापदण्डका आधारहरु) पुरा भएको बोलपत्रदाताले बोलपत्र साथमा अनुसूची १८.२ भरी पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र बोलपत्रदाताले बोलपत्र जम्मा गर्दाको समयमा अनुसूची १८.३ भरी प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नं. (PAN) प्रमाणपत्रको प्रतिलिपि, संचालक समितिको निर्णय, कम्पनीको संगठित संस्था भएमा अनुसूची १८.३ भरी प्रमाणपत्रको प्रतिलिपि, कम्पनीको संगठित संस्था भएमा कम्पनी दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, कर्जा सूचना केन्द्रबाट कालोसूचीमा नरहेको विवरण तथा नागरिकता प्रमाणपत्र/फर्म, कम्पनी, संस्थाको हकमा प्रमाणपत्र लगायत आवश्यक कागजातहरु स्वयम्ले प्रमाणित गरी आवेदन साथ पेश गर्नु पर्नेछ ।
- बोलपत्रदाताले कुल शेयरको न्यूनतम १०,००० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताका लागि बोलपत्र पेश गर्न सकिनेछ । शेयर खरिद गर्न चाहने व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाले एकैपटक एकै परिवारका सदस्य वा संस्थाले खरिद गर्न वा राख्न पाइने अधिकतम सिमा भन्दा बढी हुने गरी बोलपत्र पेश गर्नु पर्नेछ ।
- बोलपत्र पेश गर्ने बोलपत्रदाताले अनिवार्य रुपमा बोलपत्र फाराममा आफ्नो स्थायी लेखा नम्बर (PAN) खुलाउनु पर्नेछ । बोलपत्रदाताले आफूले बोलपत्र दिंदा जम्मा गरेको रकम सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐनको बर्खिलाप हुने गरी आर्जन नगरेको भनी उद्घोष गर्नु पर्नेछ ।
- शेयरको जम्मा मूल्यको १०% रकम हिमालयन बैंक लि. को पाटन शाखा कार्यालय, पुल्चोक, ललितपुरमा रहेको खाता नं. १००११११११११११११७ (INTER DEPARTMENT TICKET PTN NPR A06) मा धरौटी वापत जम्मा गरेको सक्कल नगद भौचर वा यस बैंकको GOOD FOR PAYMENT CHEQUE/MANAGER'S CHEQUE संलग्न गर्नुपर्नेछ । साथै Swift Transfer/IPS आदेशको प्रति र खातामा रकम जम्मा भएको प्रति संलग्न राखी आवेदन दिन सकिनेछ ।
- रितपूर्वक प्राप्त बोलपत्रहरु मध्ये सबै भन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यसपछिको बढी बोलकबोल गर्नेलाई क्रमशः बिक्री गरिनेछ । बोलकबोलमा शेयर बिक्री गर्दा एउटै मूल्यमा दुई वा दुई भन्दा बढी आवेदनहरु पर्न गई बिक्री हुन बाँकी शेयर समान रुपमा बाँडफाँड गरिनेछ । समान मूल्य अंक बोलकबोल गर्ने संस्थापक शेयरधनि र नयाँ आवेदक भएमा संस्थापक शेयरधनिहरुलाई पहिलो प्राथमिकता प्रदान गरिनेछ ।
- बोलपत्र प्रस्ताव स्वीकृत भएमा बाँकी रकम प्रस्ताव स्वीकृत भएको जानकारी दिएको मितिले ७ (सात) दिन भित्र यस बैंकमा दाखिला गरि धितोमा रहेको शेयर आफ्नो नाममा नामसारी दाखिला गराई लिनुपर्नेछ । शेयर नामसारी दाखिला गर्न लाग्ने सम्पूर्ण शुल्क एवम् नामसारी दाखिला गर्न लाग्ने राजस्व, लाभकर, तथा अन्य सम्पूर्ण खर्च समेत बोलपत्रदाताले स्वयंले व्यहोर्नु पर्नेछ ।
- तोकिएको समयभित्र बाँकी रकम दाखिला नभए वा गर्न नसकेमा १०% धरौटी रकम स्वतः जफत हुनेछ । साथै सो रकममा कुनै ब्याज प्रदान गरिने छैन ।
- प्राप्त बोलपत्रहरु मध्ये बोलकबोलमा बोलपत्रदाताहरुको जम्मा भएको रकम वाँडफाँडको निर्णय भए पश्चात मात्र फिर्ता भुक्तानी गरिनेछ । साथै सो रकममा कुनै किसिमको ब्याज प्रदान गरिने छैन ।
- बोलपत्र पेश गरिसकेपछि बोलपत्रमा उल्लेखित रकम वा शर्तमा कुनै हेरफेर गर्न सकिने छैन ।
- बोलपत्रदाताले शिलबन्दी शर्त राखी वा रित नपुगेको वा म्याद नाघी आएको बोलपत्रलाई मान्यता दिइने छैन ।
- कुनैपनि अवस्थामा लिलाम रद्द गर्ने वा बोलपत्रलाई स्वीकृत नगर्ने वा नेगोसियसन गर्न सम्पूर्ण अधिकार बैंकमा सुरक्षित रहनेछ ।
- बोलपत्र खोलिनु अगावै ऋणीको तर्फबाट बैंक नियमानुसार बैंकलाई भुक्तानी गर्नुपर्ने रकम बुझाएमा बैंकले सो लिलाम बिक्री रद्द गर्न सक्नेछ ।
बोलपत्र पेश गर्ने अन्तिम मिति र समय बोलपत्र खोल्ने मिति र समय बोलपत्र पेश गर्ने स्थान बोलपत्र खोल्ने स्थान
२०८१/०३/११ २०८१/०३/१२ पाटन शाखा, कार्यालय, पुल्चोक, ललितपुर पाटन शाखा, कार्यालय, पुल्चोक, ललितपुर
कार्यालय समय ५:०० बजे सम्म दिनको ३:०० बजे
Himalayan Bank Limited
Extremely Urgent Notice Regarding the Auction Sale of Promoter Shares Held as Collateral by the Debtor Mentioned in the Details of Patan Branch, within 15 (Fifteen) Days.
The debtor mentioned in the details has violated the loan terms and conditions by not paying the principal, interest, and penalties on time for the share loan taken from the Bank's Patan Branch, Lalitpur. Despite repeated written and verbal reminders to the debtor and guarantors, the principal, interest, and penalties due to the Bank have not been paid. Therefore, the Bank has initiated loan recovery proceedings as per the Bank's Loan Recovery Act, 2058, and prevailing laws. Since the debtor and guarantors have not paid the loan and have neglected it, and despite the publication of a 35-day notice in the Karobar Rashtriya Dainik on 2080.12.08 for the auction sale of promoter shares held as collateral, and a request to pay all principal and interest, the loan has not been paid to date. Hence, to recover the Bank's dues, the shares mentioned in the details, which are under collateral protection, will be sold through sealed bids in their current condition. This 15 (fifteen) day public notice is hereby published for the sale of promoter shares. If the debtor and guarantors do not pay the loan within the notice period, the received bids will be opened at the specified date and time, and the shares will be sold through the auction process. Therefore, individuals, firms, companies, and organizations are invited to submit applications for the purchase of shares at a specific rate per unit by filling out the bid form obtained from the Bank, ensuring it reaches the Bank's Patan Branch within the date and time mentioned in the details. It is also informed that if the Bank's dues cannot be recovered through the auction sale of the collateral, further recovery actions will be taken as per the Loan Recovery Act, 2058, Bank and Financial Institutions Loan Recovery Act, 2058, and other prevailing Nepali laws.
Details
Debtor Details
Branch Office: Patan Branch, Lalitpur
Subhas Shrestha (Debtor), grandson of Gopal Shrestha, son of Ashok Shrestha, resident of Ward No. 4, Hetauda Sub-Metropolitan City, Makwanpur District.
Collateral Details
Promoter Shares Registered in the Name of Debtor Subhas Shrestha:
Prime Commercial Bank Ltd. ४२, ८९४
United Ajod Insurance Ltd. ३६, २७२
Mahalaxmi Bikas Bank Ltd. ७३, ८५३
Note: The minimum face value of the share is Rs. १००/- (One Hundred Only).
Terms and Conditions of Auction Sale:
१. Bid application forms can be purchased from the Bank's Patan Branch Office, Pulchowk, Lalitpur, during office hours for Rs. १,०००/- (non-refundable).
२. An individual, firm, company, or organization is not allowed to submit more than one bid for a single institution.
३. Sealed bids must be received within the date, time, and location specified in this notice. No action will be taken on bids received after the deadline or those that are incomplete or conditional.
४. If the bid submission and opening day falls on a holiday, it will be done on the next working day. The bid opening will not be hindered even if the bidder or their representative is not present.
५. Bidders must clearly state the amount in figures and words as determined by the government in the bid form and submit it sealed. The amount written in figures and words will be considered valid. Signatures must be affixed where corrections are made. Bids without signatures on corrections will not be considered valid.
६. The bidder must be a Nepali citizen or a company/organization registered in Nepal. The bidder must clearly state their name, address, telephone number, and Demat Account No. in the bid form. If the bidder is a shareholder of Prime Commercial Bank Ltd. or United Ajod Insurance Ltd. and/or Mahalaxmi Bikas Bank Ltd., they must clearly state the number of shares and share percentage they hold in the form.
७. Individuals, firms, companies, and organizations that meet the Fit and Proper Test criteria as per the Insurance Promoter Share Transaction Directive, 2077, can apply. Bidders who meet all the criteria set by Nepal Rastra Bank for promoters (Fit and Proper Test criteria) must submit a passport-sized photo, a copy of their citizenship certificate, and a copy of the certificate as per Annex 18.2 along with the bid. When submitting the bid, they must also submit a copy of the certificate as per Annex 18.3, a copy of the Permanent Account Number (PAN) certificate, a board resolution if a company/organization, a copy of the certificate as per Annex 18.3 if a company/organization, a company registration certificate, tax clearance certificate, a statement of not being blacklisted by the Credit Information Bureau, and a copy of the citizenship certificate/firm, company, organization's certificate, along with other necessary documents, self-attested.
८. Bidders can bid for a minimum of १०,००० units or a maximum of all available units. An individual, firm, company, or organization, or members of the same family, are not allowed to purchase or hold shares exceeding the maximum limit at once.
९. Bidders must mandatorily disclose their Permanent Account Number (PAN) in the bid form. Bidders must declare that the amount deposited for their bid has not been earned in violation of the Anti-Money Laundering Act.
१०. १०% of the total share value must be deposited as earnest money in Himalayan Bank Ltd.'s Patan Branch Office, Pulchowk, Lalitpur, account no. १००११११११११११११७ (INTER DEPARTMENT TICKET PTN NPR A06) by submitting the original cash voucher or a GOOD FOR PAYMENT CHEQUE/MANAGER'S CHEQUE from this bank. Additionally, a copy of the Swift Transfer/IPS order and a copy of the deposit slip must be attached with the application.
११. Among the duly received bids, shares will be sold to the highest bidder. If shares remain, they will be sold sequentially to the next highest bidders. If multiple applications are received at the same price for the remaining shares, the shares will be equally distributed. If there are existing promoter shareholders and new applicants bidding at the same price, priority will be given to the existing promoter shareholders.
१२. If the bid proposal is accepted, the remaining amount must be deposited at this bank within ७ (seven) days from the date of notification of acceptance, and the shares must be registered in their name. All fees, including registration fees, revenue, capital gains tax, and other expenses related to share registration, must be borne by the bidder themselves.
१३. If the remaining amount is not deposited or cannot be deposited within the specified time, the १०% earnest money will be automatically forfeited. No interest will be provided on this amount.
१४. Among the received bids, the deposited amount will be refunded only after the decision on the distribution of shares in the auction. No interest will be provided on this amount.
१५. The amount or terms stated in the bid cannot be altered after submission.
१६. Bids submitted with sealed conditions, incomplete, or after the deadline will not be accepted.
१७. The Bank reserves all rights to cancel the auction, reject any bid, or negotiate at any time.
१८. If the debtor pays the amount due to the Bank as per Bank regulations before the bid opening, the Bank may cancel the auction sale.
Last Date and Time for Bid Submission Date and Time for Bid Opening Place for Bid Submission Place for Bid Opening
२०८१/०३/११ २०८१/०३/१२ Patan Branch, Office, Pulchowk, Lalitpur Patan Branch, Office, Pulchowk, Lalitpur
Office Hours until ५:०० PM ३:०० PM




