हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक, बिमितलाई प्रतिहजारमा ७५ रुपैयाँसम्म बोनस
Author
NEPSE trading

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को बीमांकिय विश्लेषणका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ।
कम्पनीले आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनपछि जारी गरेको बोनस दर अनुसार, बिमितहरूले प्रतिहजार बीमा रकममा वार्षिक रूपमा न्यूनतम २६ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन्।
विभिन्न योजनाअनुसार बोनस दर:
सावधिक बीमालेखहरूमा न्यूनतम २६ रुपैयाँ र अधिकतम ६३ रुपैयाँ बोनस दिइनेछ।
सावधिक तथा आजीवन बीमा योजनाहरूमा भने न्यूनतम ३६ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिइने कम्पनीले जनाएको छ।
कम्पनीले आफ्नो दीर्घकालीन लगानीको प्रतिफल र जिम्मेवारीको मूल्यांकनको आधारमा बिमितलाई लाभांश वितरणको नीति अनुरूप बोनस दर निर्धारण गरेको स्पष्ट पारेको छ।
यस निर्णयले ग्राहक बिश्वासमा अझ सुदृढीकरण हुने कम्पनीको अपेक्षा छ।