·

उपत्यकाको प्रदूषण न्यूनीकरण गर्न उद्योगहरू उपत्यकाबाहिर सारिने

Author

NEPSE trading

उपत्यकाको प्रदूषण न्यूनीकरण गर्न उद्योगहरू उपत्यकाबाहिर सारिने

काठमाडौं, जेठ १५ – सरकारले काठमाडाैं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न उपत्यकाभित्र रहेका उद्योगहरूलाई उपत्यकाबाहिर सार्ने नीति ल्याउने घोषणा गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजधानी क्षेत्रको वातावरणीय गुणस्तर सुधार गर्ने लक्ष्यसहित यस्तो योजना ल्याइएको जानकारी दिएका हुन्।

सरकारले उपत्यकाभित्रका प्रदूषण फैलाउने उद्योगहरूलाई बाहिरी औद्योगिक क्षेत्रहरूमा स्थानान्तरण गर्न प्रोत्साहन दिने नीति लिएको छ।

बजेटअनुसार, स्थानान्तरण गरिने उद्योगहरूलाई निःशुल्क लिजमा औद्योगिक क्षेत्रको जग्गा उपलब्ध गराइने व्यवस्था मिलाइनेछ।

सरकारको यो कदमले काठमाडाैंको वातावरणीय सुधार, जनस्वास्थ्यमा सकारात्मक प्रभाव, र सन्तुलित औद्योगिक विकासलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

Related News