माबिलुङ्ग इनर्जीको छैठौं वार्षिक साधारण सभा र बुकक्लोज मितिMabilung Energy's 6th Annual General Meeting and Book Closure Date
- वर्ग:
- AGM/Special AGM
- प्रकाशित मिति:
- Published on June 11, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 2 मिनेट
Ref No.: 115-082/083
मिति: २०८३/०२/२६
श्री नेपाल स्टक एक्सचेन्ज लि.
सिंहदरबार प्लाजा काठमाडौं।
विषय : वार्षिक साधारण सभा प्रयोजनका लागि शेयर दाखिला खारेज कार्य गरिदिने सम्बन्धमा।
महोदय,
उपरोक्त सम्बन्धमा यस कम्पनीको मिति २०८३/०२/२६ गते दिनको ५:३० बजे बसेको संचालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको छैठौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा गर्ने निर्णय भएकोले साधारण सभा प्रयोजनका लागि यस कम्पनीको २०८३ आषाढ १२ गते १ (एक) दिन शेयर दाखिला खारेज सम्बन्धि कार्य बन्द गरिदिनुहुन निर्णय अनुसार अनुरोध गर्दछु।
सभा हुने मिति, समय र स्थान:
मिति: २०८३/०३/२६ गते शुक्रबार,
समय: बिहान ११:०० बजे
स्थान: कुपण्डोल बैंक्वेट, कुपण्डोल ललितपुर ।
भवदीय,
सजल मास्के
कम्पनी सचिव
बोधार्थ:
श्री नेपाल धितोपत्र बोर्ड ।
श्री विद्युत नियमन आयोग ।
श्री विद्युत विकास विभाग ।
Ref No.: 116-082/083
मिति: २०८३/०२/२७
श्री नेपाल स्टक एक्सचेन्ज लि.
सिंहदरबार प्लाजा, काठमाडौं ।
विषय: वार्षिक साधारण सभाका प्रस्तावहरुको जानकारी सम्बन्धमा ।
उपरोक्त विषयमा यस कम्पनीको मिति २०८३/०२/२७ को सञ्चालक समितिको बैठकको निर्णयानुसार कम्पनीको छैठौं वार्षिक साधारण सभाको आयोजना गर्ने मिति, समय र स्थान एवम् साधारण सभाको उपस्थिती प्रयोजनका लागि शेयर दाखिल खारेज कार्य बन्द हुने दिनको बारेमा निर्णय गरेको र समय अभावका कारण साधारण सभामा छलफल हुने नभएकोले आज मिति २०८३/०२/२७ गते दिनको ६:० बजे बसेको सञ्चालक समितिको बैठकको निर्णयले उक्त साधारण सभाको छलफलका विषयहरु निम्न बमोजिम रहने गरी निर्धारण गरिएको व्यहोरा निर्णयानुसार जानकारीका लागि अनुरोध छ।
छैठौं वार्षिक साधारण सभा छलफलको विषयसूची:
क) साधारण प्रस्तावहरु:
१) वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने सम्बन्धमा ।
२) आ.व. २०७९/०८० को लेखा परिक्षण प्रतिवेदन र सोही आ.व. को वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान, हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरु अनुमोदन गर्ने सम्बन्धमा ।
३) कम्पनीको आ.व. २०८०/०८१ को लेखा परिक्षण गर्न कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम लेखा परिक्षण गर्ने कम्पनी र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा । (हालका लेखा परिक्षक चार्टर्ड एकाउन्टेन्ट के.सी. सापकोटा एण्ड एशोसिएट्स पुनः नियुक्ती हुन सक्नेछैनन्)
४) संस्थापक शेयरधनी समूहका सञ्चालक-३, सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालक-१ (एक) को निर्वाचन तथा स्वतन्त्र विशेषज्ञ सञ्चालकको मनोनयन सम्बन्धमा ।
ख) विशेष प्रस्ताव:
१) कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट-३, सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने २ (दुई) तथा स्वतन्त्र विशेषज्ञ सञ्चालक १ गरी ६ (छ) जनाको सञ्चालक समिति हुने गरी नियमावलीको नियम २७ (२) मा संशोधन गर्ने सम्बन्धमा ।
ग) विविध सम्बन्धमा ।
सजल मास्के
कम्पनी सचिव
बोधार्थ:
श्री नेपाल धितोपत्र बोर्ड ।
श्री विद्युत नियमन आयोग ।
श्री विद्युत विकास विभाग ।
Ref No.: 115-082/083
Date: २०८३/०२/२६
Shree Nepal Stock Exchange Ltd.
Singhadurbar Plaza, Kathmandu.
Subject: Regarding the book closure for the purpose of the Annual General Meeting.
Sir,
In reference to the above, as per the decision of the Board of Directors meeting held on २०८३/०२/२६ at ५:३० PM, the company's 6th Annual General Meeting will be held on the following date, time, and place. Therefore, we request you to close the share book for one (१) day on २०८३ Ashadh १२ for the purpose of the Annual General Meeting, as per the decision.
Date, Time and Place of the Meeting:
Date: २०८३/०३/२६, Friday
Time: ११:०० AM
Place: Kupandol Banquet, Kupandol, Lalitpur.
Sincerely,
Sajal Maskey
Company Secretary
Cc:
Shree Nepal Securities Board.
Shree Electricity Regulatory Commission.
Shree Department of Electricity Development.
Ref No.: 116-082/083
Date: २०८३/०२/२७
Shree Nepal Stock Exchange Ltd.
Singhadurbar Plaza, Kathmandu.
Subject: Regarding information on the proposals for the Annual General Meeting.
In reference to the above, as per the decision of the Board of Directors meeting of this company held on २०८३/०२/२७, the date, time, and place for organizing the company's 6th Annual General Meeting and the book closure date for attendance at the General Meeting were decided. Due to lack of time, there will be no discussion at the General Meeting. Therefore, it is requested to inform you that the topics for discussion at the said General Meeting, as determined by the Board of Directors meeting held today on २०८३/०२/२७ at ६:० PM, will be as follows:
Agenda for discussion at the 6th Annual General Meeting:
a) Ordinary Resolutions:
१) Regarding the discussion and approval of the annual report for the fiscal year २०७९/०८० presented by the Chairman on behalf of the Board of Directors at the Annual General Meeting.
२) Regarding the approval of the audit report for the fiscal year २०७९/०८० and the annual financial statements for the same fiscal year, including the balance sheet, profit and loss account, cash flow statement, statement of changes in equity, and all related schedules.
३) Regarding the appointment of an auditing company for the fiscal year २०८०/०८१ as per Section १११ of the Companies Act २०६३ and fixing its remuneration. (The current auditor, Chartered Accountant K.C. Sapkota & Associates, will not be re-appointed).
४) Regarding the election of ३ directors from the promoter shareholder group, १ (one) director representing public shareholders, and the nomination of an independent expert director.
b) Special Resolutions:
१) Regarding the amendment of Rule २७ (२) of the Articles of Association to have ६ (six) directors on the company's Board of Directors, comprising ३ from the promoter shareholder group, २ (two) representing public shareholders, and १ independent expert director.
c) Miscellaneous.
Sajal Maskey
Company Secretary
Cc:
Shree Nepal Securities Board.
Shree Electricity Regulatory Commission.
Shree Department of Electricity Development.




