मेरो माइक्रोफाइनान्सद्वारा जीवन र निर्जीवन बीमाका लागि शिलबन्दी प्रस्ताव आह्वान
Author
NEPSE TRADING

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी र सदस्यहरुलाई लक्षित गर्दै जीवन तथा निर्जीवन बीमाका लागि शिलबन्दी प्रस्ताव आह्वान गरेको छ।
संस्थाले एक सूचना जारी गर्दै आफ्ना कर्मचारीहरुको म्यादी जीवन बीमा र निर्जीवन बीमा गराउने प्रयोजनका लागि बीमा कम्पनीहरुबाट १५ दिनभित्र शिलबन्दी प्रस्ताव माग गरेको हो।
जीवन बीमाको सन्दर्भमा प्राकृतिक मृत्यु भएको खण्डमा प्रति व्यक्ति १० लाख रुपैयाँ बीमांक रहनेछ। साथै काजकिरियाका लागि बीमांकको १० प्रतिशत अर्थात १ लाख रुपैयाँ उपलब्ध गराइनेछ। यसका अतिरिक्त १५ प्रकारका सघन घातक रोगहरूलाई समेट्ने गरी १० लाख रुपैयाँसम्मको बीमा सुविधा समावेश गरिनुपर्ने शर्त राखिएको छ।
लघुवित्तले सदस्यहरुको कर्जासँग सम्बन्धित म्यादी जीवन बीमा समेत आवश्यक रहेको भन्दै सबै इच्छुक बीमा कम्पनीहरुलाई तोकिएको म्यादभित्र प्रस्ताव पेश गर्न अनुरोध गरेको छ।