·
नेपाल इन्फ्रास्ट्रक्चर बैंक : ६.३१% नगद लाभांश घोषणा
Author
NEPSE TRADING

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ६.३१५८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैंकले वितरण गर्ने लाभांश हाल कायम चुक्ता पूँजीको आधारमा हुनेछ। यस प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा ल्याइनेछ।
यसअघि पनि बैंकले शेयरधनीहरूलाई स्थिर लाभांश प्रदान गर्दै आएको छ भने, यो वर्षको घोषणा लगानीकर्तामाझ उत्साहजनक समाचारको रूपमा लिइएको छ।