
चालु आवमा अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्ने, प्रतिव्यक्ति आम्दानी १,५१७ डलर पुग्ने अनुमानNepal's Economy Expected to Reach NPR 6.1 Trillion This Fiscal Year, Per Capita Income at $1,517
चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानअनुसार, गत आव २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब थियो भने २०७९/८० मा ५३ खर्ब ६७ अर्ब रहेको थियो।
चालु आवमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरिएको छ। कृषि क्षेत्र ३.२८% र गैरकृषि क्षेत्र ४.२८% ले वृद्धि हुने अपेक्षा गरिएको छ। विद्युत तथा ग्याँस क्षेत्रमा सबैभन्दा बढी १३.८२% वृद्धि हुने देखिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यस आवमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (GDP) १,४९६ अमेरिकी डलर र प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी १,५१७ अमेरिकी डलर पुग्नेछ। वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणले GDP को २५.८९% हिस्सा ओगट्नेछ भने कुल राष्ट्रिय बचत ३६.२४% हुने अनुमान छ।
यस आवमा अन्तिम उपभोग खर्च GDP को ९३.४५%, निर्यात ८.७४% र आयात ३३.२३% रहने तथ्याङ्क सार्वजनिक गरिएको छ।
Nepal’s economy is projected to grow to NPR 6.1 trillion in the current fiscal year 2081/82 (2024/25), according to preliminary estimates released by the Central Bureau of Statistics (CBS) on Wednesday. In comparison, the revised estimate for FY 2080/81 (2023/24) was NPR 5.7 trillion, while it was NPR 5.36 trillion in FY 2079/80 (2022/23).
The economic growth rate for the current fiscal year is estimated at 4.61%. The agricultural sector is expected to grow by 3.28%, while the non-agricultural sector is projected to expand by 4.28%. Among the sectors, electricity and gas are anticipated to see the highest growth at 13.82%.
According to CBS, Nepal’s per capita Gross Domestic Product (GDP) is expected to reach $1,496, while per capita Gross National Income (GNI) is projected at $1,517. Remittance inflows from foreign employment are expected to contribute 25.89% to GDP, while total national savings are estimated to be 36.24%.
The report also notes that final consumption will account for 93.45% of GDP, exports of goods and services 8.74%, and imports 33.23%, reflecting a consumption-driven economic structure.




