नेप्सेमा लक्ष्मी सनराइज र कालिञ्चोक दर्शनको सेयर मूल्य समायोजन
Author
NEPSE TRADING

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले लक्ष्मी सनराइज बैंक लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य समायोजन गरेको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले बोनस सेयर समायोजन गर्दै नयाँ सेयर मूल्य निर्धारण गरेको हो । नेप्सेले लक्ष्मी सनराइज बैंकको १० प्रतिशत र कालिञ्चोक दर्शन लिमिटेडको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको जनाएको छ ।
समायोजनपश्चात लक्ष्मी सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता २१३ रुपैयाँ ६४ पैसा कायम भएको छ भने कालिञ्चोक दर्शनको सेयर मूल्य ८६० रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा सेयर मूल्य समायोजन गरेको हो । सोमबार दोस्रो बजारमा लक्ष्मी सनराइज बैंकको सेयर प्रतिकित्ता २३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने कालिञ्चोक दर्शनको सेयर प्रतिकित्ता ९०४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
समायोजित मूल्यका आधारमा आजबाट दोस्रो बजारमा यी दुई कम्पनीको सेयर कारोबार खुल्ने नेप्सेले जनाएको छ ।



