NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. NEPSE Drops 12.84 Points to 2,669.31
    नेप्से १२.८४ अंकले घटेर २,६६९.३१ बिन्दुमा
    Stock
    2 min read
    Published on March 20, 2025
    Nepse trading

    नेप्से १२.८४ अंकले घटेर २,६६९.३१ बिन्दुमाNEPSE Drops 12.84 Points to 2,669.31

    साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से १२.८४ अंकले घटेर २,६६९.३१ बिन्दुमा झरेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.४९ प्रतिशतले ओरालो लागेको छ ।

    आज ३१२ कम्पनीका ९५ लाख ९९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ५६ करोड १३ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ। बुधबारको तुलनामा कारोबार रकममा कमी आएको छ, जुन दिन ५ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

    बजारमा आज १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ६२ कम्पनीको मात्रै मूल्य बढेको छ। दोल्ती पावर कम्पनीको सेयर मूल्य ६.९० प्रतिशतले उकालो लागेर सर्वाधिक वृद्धि भएको छ। त्यस्तै, एसियन हाइड्रोपावर र सिन्धु विकास बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ भने गार्जियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ४ प्रतिशतभन्दा माथि पुगेको छ ।

    यता, घटेको बजारमा मिथिला लघुवित्त र भूगोल इनर्जि विकास कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। गरिमा समृद्धि योजनाको सेयर मूल्य पनि ८ प्रतिशतभन्दा बढीले घटेको छ ।

    समूहगत रूपमा हेर्दा १३ मध्ये व्यापार समूहको सूचक ०.२६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहमा गिरावट देखिएको छ। वित्त समूह सर्वाधिक १.२६ प्रतिशतले घटेको छ भने अन्य समूह एक प्रतिशतभन्दा कमले ओरालो लागेका छन्।

    नेप्से सूचक २,६०० को मनोवैज्ञानिक तहमा झरेसँगै सेयर बजार थप कमजोर बनेको विश्लेषण गरिएको छ। छोटो समयमै बजार करिव २९०० को उचाइबाट २०० अंकभन्दा बढीले घटिसकेको छ । प्रोफिट बुकिङबाट सुरु भएको यो गिरावट अझै रोकिएको छैन। बजार बढेर नयाँ उचाइमा पुग्ने अपेक्षा गरेका लगानीकर्ताहरू अहिले पर्ख र हेरको अवस्थामा देखिएका छन् ।

    लगानीकर्ताहरूले बजारको आगामी दिशा प्रष्ट नभएसम्म सतर्कता अपनाउने रणनीति लिएको बजार विश्लेषकहरूको भनाइ छ ।

    टेक्नीकल विश्लेषण

    नेप्से परिसूचक हाल लोअर हाई र लोअर लो को संरचनामा देखिएको छ । चार्टअनुसार बजार करिव २९०० को उच्च बिन्दुबाट घटेर २,६६९ मा झरेको छ, इचिमोकु क्लाउडले २,६५०–२,६७० को क्षेत्रमा सपोर्ट प्रदान गरेको देखिन्छ, तर बजारले यो तह भेद्ने जोखिम पनि छ । लगानीकर्ताहरू लोअर हाई पर्खिरहेका छन्, जुन बजारको मन्द प्रवृत्तिको संकेत हो। भोल्युम ४.५६ अर्बमा स्थिर छ, तर बजारमा अनिश्चितता कायमै छ । बजार विश्लेषकहरूले इचिमोकुको सपोर्ट तोडिएमा थप गिरावट आउन सक्ने चेतावनी दिएका छन् ।

    बोकर विश्लेषण

    आज ब्रोकरहरुको अबस्था हेर्दा १० ठुला बढी कारोबार गर्ने ब्रोकर मध्य ४ वटा ब्रोकरले तुलनात्मक रुपमा बढी बाई गरेका छन् भने ६ वटा ब्रोकरले तुलनात्मक रुपमा बढी सेल गरेका छन् । बिहीबार नेप्सेमा ब्रोकर ५८ ले सर्वाधिक ४१ करोड १२ लाख रुपैयाँको कारोबार गरेको छ, जुन कुल बजारको ४.५०८% हो। ब्रोकर ५८ को खरिद रकम २२,१३,४०,८२७ र बिक्री रकम १८,९८,७९,५३३.६५ रहेको छ। यता, ब्रोकर ४९ ले ३२,८०,३६,२२०.८९ रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा रह्यो, तर उसको नेट होल्डिङ भने ५८,५३,९८८.५१ ले ऋणात्मक छ, जसले बिक्री दबाब देखाउँछ। ब्रोकर ६ ले ३.८३६ को उच्च खरिद÷बिक्री अनुपात देखाए पनि बजारमा समग्र बिक्री दबाब कायमै छ ।

    बिक्रीतर्फ ( RIDI ) को ५१,८६५ कित्ता सेयर ब्रोकर ३२ ले ५०.३८% बिक्री गरेको छ भने ( HPPL ) को ४८,९३१ कित्ता ब्रोकर ५८ ले ३९.५५% बिक्री गरेको छ। यता, खरिदतर्फ पनि हाइड्रोपावर नै अगाडि छ, जहाँ ( HPPL ) को ७२,८८१ कित्ता ब्रोकर ५८ ले ५८.९% र हिमाल पावरकै ३९,२८० कित्ता ब्रोकर ६ ले ९५.७८% खरिद गरेको छ । यसले हाइड्रोपावर क्षेत्रमा लगानीकर्ताको चासो र बिक्री दबाब दुवै देखाउँछ ।

    On the last trading day of the week, Thursday, the Nepal Stock Exchange (NEPSE) index continued its downward trend. The NEPSE index fell by 12.84 points, closing at 2,669.31. The Sensitive Index, which measures the performance of 'A' class companies, also declined by 0.49 percent.

    Today, 95.99 lakh shares of 312 companies were traded, resulting in a total turnover of NPR 4.56 billion. Compared to Wednesday, when the turnover was NPR 5.11 billion, the trading volume has decreased.

    In today’s market, the share prices of 175 companies dropped, while only 62 companies saw an increase. Dolti Power Company recorded the highest gain, with its share price rising by 6.90 percent. Similarly, Asian Hydropower and Sindhu Bikas Bank saw gains exceeding 5 percent, while Guardian29 Guardian Micro Life Insurance’s share price rose by more than 4 percent.

    On the downside, Mithila Laghubitta and Bhugol Energy Development Company hit a negative circuit, while Garima Samriddhi Yojana’s share price fell by over 8 percent.

    Among the sectoral indices, out of 13 groups, only the trading group index rose by 0.26 percent, while all other groups declined. The finance group saw the steepest drop at 1.26 percent, with other groups declining by less than 1 percent.

    Analysts note that with the NEPSE index falling below the psychological level of 2,600, the stock market has weakened further. In a short span, the market has dropped over 200 points from its peak of around 2,900. This decline, initially triggered by profit-booking, shows no signs of abating. Investors who had hoped for the market to reach new highs are now adopting a wait-and-see approach.

    Market analysts suggest that investors are likely to remain cautious until the market’s future direction becomes clearer.

    Technical Analysis

    The NEPSE index is currently exhibiting a "lower high and lower low" pattern. According to the chart, the market has fallen from a high of around 2,900 to 2,669. The Ichimoku Cloud indicates support in the 2,650–2,670 range, though there is a risk of the market breaching this level. Investors are awaiting a "lower high," signaling a bearish trend. Trading volume remains steady at NPR 4.56 billion, but uncertainty persists in the market. Analysts warn that a break below the Ichimoku support could lead to further declines.

    Broker Analysis

    Among the top 10 brokers with the highest turnover today, four showed relatively higher buying activity, while six leaned toward selling. Broker 58 led the market with a turnover of NPR 41.12 crore, accounting for 4.508% of the total market. Broker 58’s buying amounted to NPR 22.13 crore, with sales at NPR 18.98 crore. Broker 49 ranked second with a turnover of NPR 32.80 crore, but its net holding was negative by NPR 58.53 lakh, indicating selling pressure. Broker 6 showed a high buy-to-sell ratio of 3.836, though overall selling pressure persists in the market.

    On the selling side, Broker 32 sold 51,865 shares of ( RIDI ) (50.38%), while Broker 58 sold 48,931 shares of ( HPPL ) (39.55%). On the buying side, hydropower stocks dominated, with Broker 58 purchasing 72,881 shares of ( HPPL ) (58.9%) and Broker 6 buying 39,280 shares of Himal Power (95.78%). This reflects both investor interest and selling pressure in the hydropower sector.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026