·

राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.पौडेलले लिए प्रधानन्यायाधीशबाट शपथ

Author

NEPSE TRADING

राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.पौडेलले लिए प्रधानन्यायाधीशबाट शपथ

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज शपथ ग्रहण गरेका छन्। जेष्ठ ७ गते, बुधबार बिहान सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट उनले शपथ लिएका हुन्। शपथ ग्रहण गरेसँगै डा. पौडेलले राष्ट्र बैंकमा गभर्नरको पदभार ग्रहण गर्न तयारी गरिरहेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिएका छन्। सरकारले मंगलबार मन्त्रिपरिषद्को निर्णयबाट डा. पौडेललाई गभर्नर पदमा नियुक्त गरेको थियो। नेपालको संविधान अनुसार राष्ट्र बैंकको गभर्नरले प्रधानन्यायाधीशबाट नै शपथ लिनुपर्ने व्यवस्था छ।

Related News