·

NLO लाभांश अन्तिम दिन: २० प्रतिशत बोनस

Author

NEPSE TRADING

NLO लाभांश अन्तिम दिन: २० प्रतिशत  बोनस

असोज ९ गते, बिहीबार नेपाल ल्यूब आयल लिमिटेड (NLO) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। कम्पनीले असोज १२ देखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार गरी कायम भएका शेयरधनीहरुले लाभांश पाउनेछन्।

गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते, पुल्चोकस्थित द प्लाजामा ३४औं वार्षिक साधारण सभा बोलाएको छ।

सभामा बोनस र नगद लाभांश पारित गर्नुका साथै २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक नियुक्त गर्ने लगायतका महत्वपूर्ण प्रस्तावहरु छलफल हुनेछ। सभा बिहान ११:३० बजे सुरु हुने जनाइएको छ।

Related News