नाडा अटो शोमा एनएमबि बैंकको अटो लोन योजना सार्वजनिक
Author
NEPSE TRADING

एनएमबि बैंक लिमिटेडले नाडा अटो शोमा सहभागिता जनाउँदै चाडपर्वलाई लक्षित विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले मात्र ७.१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी साधन खरिद गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार, यो अफर सीमित अवधिका लागि मात्र सञ्चालन हुनेछ र आवेदन प्रक्रिया सहज तथा लचिलो बनाइएको छ।
बैंकले विशेषगरी इलेक्ट्रिक सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि यो अफर लाभदायी हुने दाबी गरेको छ। वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै दिगो र हरित भविष्य निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको बैंकले जनाएको छ।
ग्राहकहरूले यो अफरबारे थप जानकारीका लागि नजिकैको शाखा वा नाडा अटो शोमा रहेको स्टल नं. ई–२४ मा सम्पर्क गर्न सक्नेछन्। हाल बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ वटा विस्तारित काउन्टरमार्फत सेवा दिइरहेको छ।