वृद्धभत्ता पाउने उमेर नबढ्ने, सामाजिक सुरक्षा कार्यक्रममा १ खर्ब ९ अर्ब बजेट विनियोजन
Author
NEPSE trading

काठमाडौं, जेठ १५ – सरकारले वृद्धभत्ता पाउने उमेर नबढाउने निर्णय गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालको ६८ वर्ष उमेरको व्यवस्था यथावत् रहने जानकारी दिएका छन्। यसअघि उमेर सीमा बढाउने चर्चा भए पनि बजेट भाषणमा यसबारे कुनै घोषणा गरिएको छैन।
सरकारले सामाजिक सुरक्षा कार्यक्रमहरूका लागि १ खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री पौडेलका अनुसार, छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिनेछ र सबै सामाजिक सुरक्षा सुविधामा सहभागी हुन राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइनेछ।
जेष्ठ नागरिकहरूलाई घुम्ती टोलीमार्फत राष्ट्रिय परिचयपत्र वितरण गरिने व्यवस्था पनि बजेटमा गरिएको छ। सरकारको भनाइमा, यस कदमले सामाजिक सुरक्षा प्रणालीलाई थप प्रभावकारी, समावेशी र पारदर्शी बनाउनेछ।