·

कर्मचारीको तलब नबढेपनि महंगी भत्ता ५ हजार पुर्‍याउने सरकारको घोषणा

Author

NEPSE trading

कर्मचारीको तलब नबढेपनि महंगी भत्ता ५ हजार पुर्‍याउने सरकारको घोषणा

काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कर्मचारीको आधार तलब नबढाउने निर्णय गरेको छ।

तर, महंगी भत्ता वृद्धि गर्ने घोषणा गर्दै मासिक ५ हजार रुपैयाँसम्म पुर्‍याइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने क्रममा जानकारी दिएका छन्।

सरकारले कर्मचारीको खर्च वहन क्षमता सुधार गर्न र महंगीको असर केही हदसम्म न्युनिकरण गर्न भत्ता वृद्धि गर्ने नीति लिएको हो।

यस कदमले तलब स्थिर राखिए पनि जीवनयापन खर्चमा केही राहत पुर्‍याउने विश्वास गरिएको छ।

Related News