५ कक्षासम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रममा १० अर्ब १९ करोड
Author
NEPSE trading

सरकारले ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गर्न १० अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २८ लाख विद्यार्थी यो कार्यक्रमबाट लाभान्वित हुने जानकारी दिएका छन्।
साथै, विद्यालयमा अध्ययनरत छात्राहरूको स्वास्थ्य र स्वच्छताको प्रवर्द्धन गर्न सरकारले निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ।
यसका लागि १ अर्ब २९ करोड रुपैयाँ बजेट छुट्याइएको छ, जसबाट १३ लाख छात्रा विद्यार्थीहरू लाभान्वित हुने अर्थमन्त्री पौडेलले बताए।
सरकारको यस कदमले बालबालिकाको पोषणमा सुधार, विद्यालय उपस्थितिमा वृद्धि, र महिला विद्यार्थीको शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।