·

चार कम्पनीका कुल २ लाख ६५ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

Author

NEPSE TRADING

चार कम्पनीका कुल २ लाख ६५ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

विभिन्न चार कम्पनीका संस्थापक शेयर बिक्रीमा आउने भएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कालिका लघुवित्त, स्वावलम्बन लघुवित्त र मेरोमाइक्रोफाइनान्सले मिलेर कुल २ लाख ६५ हजार ७२० कित्ता संस्थापक शेयर बिक्री गर्न लागेका हुन्।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १,३१५ कित्ता, कालिका लघुवित्तको ७,९६८ कित्ता, स्वावलम्बन लघुवित्तको ८४,०६५ कित्ता र मेरोमाइक्रोफाइनान्सको १ लाख ७२ हजार ३७२ कित्ता शेयर बिक्री हुनेछन्। यी शेयरहरुको प्रतिकित्ता मूल्य क्रमशः १००, ३३०, ३७५ र ३०० रुपैयाँ तोकिएको छ।

शेयर खरिद गर्न इच्छुकले भदौ ४ गतेदेखि २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन्। आवेदन पत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा बुझाउनुपर्नेछ।

बोलपत्र पेस गर्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सम्पूर्ण कित्ता, कालिका लघुवित्तका न्यूनतम १,००० कित्ता र स्वावलम्बन तथा मेरोमाइक्रोफाइनान्सका ५,००० कित्ता अनिवार्य माग गर्नुपर्ने व्यवस्था छ।

Related News