पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच गाभ्ने–गाभिने सम्झौता, राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त
Author
NEPSE TRADING

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच गाभ्ने–गाभिने (Merger) सम्झौता सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंकबाट मिति २०७९/०६/२७ (असोज २७, २०८२) मा उक्त मर्जरका लागि सैद्धान्तिक सहमति (Letter of Intent – LOI) प्राप्त भएको पोखरा फाइनान्सले जनाएको छ।
नेपाल राष्ट्र बैंकले दिएको सैद्धान्तिक सहमति अनुसार, दुवै फाइनान्स संस्थाले तीन महिनाभित्र आफ्ना–आफ्ना वार्षिक साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि पेश गर्नुपर्ने शर्त राखिएको छ।
बैंक तथा वित्तीय संस्थाबीचको यो मर्जर प्रक्रिया सम्पन्न भएपछि संस्थागत क्षमता, पुँजी संरचना, र सेवा पहुँच विस्तारमा थप सुदृढता आउने अपेक्षा गरिएको छ।
पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (CEO) रोजु मोहन भट्टराईका अनुसार, मर्जरपछि संस्थाको कारोवार विस्तार, वित्तीय स्थायित्व र शेयरधनी मूल्य वृद्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।
पोखरा फाइनान्स लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त संस्था हो, जसले सन् १९९७ (वि.सं. २०५३) देखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ।
