प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट
Author
NEPSE trading

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शौचालयमा लडेर घाइते भएका छन्।
श्रोतका अनुसार खुमलटारस्थित निवासमा गएराति शौचालय प्रयोग गर्ने क्रममा चिप्लिएर लडेका प्रचण्डको टाउको र निधारमा चोट लागेको हो। लडेपछि तत्कालै उनलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो।
अस्पताल स्रोतका अनुसार टाउकोमा सामान्य चोट देखिएको र निधारमा गहिरो चोेट भएकाले सिलाइ (टाँका) गरिएको छ। चिकित्सकहरूको निगरानीमा राखिएका प्रचण्डको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताइएको छ।
अस्पतालबाट केही समयमै डिस्चार्ज हुने तयारी भइरहेको जनाइएको छ। यद्यपि, चिकित्सकको सल्लाहअनुसार केही दिन विश्राममा रहनुपर्नेछ।
यस घटनापछि माओवादी केन्द्रका नेताहरूले प्रचण्डको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै अस्पतालमा भेटघाट गरेका छन्। पार्टी स्रोतका अनुसार हाल उनका औपचारिक कार्यक्रमहरू केही दिनका लागि स्थगित गरिएका छन्।
घटनाले चिन्ता व्यक्त गर्नेहरूका लागि अस्पताल र पार्टी दुवै स्रोतले ‘गम्भीर अवस्था छैन’ भनी जानकारी दिएका छन्।