रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयरपश्चात मूल्य समायोजन
Author
NEPSE TRADING

२०८२ जेठ २६ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स (RNLI) को शेयर मूल्य समायोजन गरेको छ। कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरणको लागि बुकक्लोज गरेपछि नेप्सेले शेयर मूल्य समायोजन गर्दै नयाँ मूल्य तोकेको हो।
समायोजन अनुसार, इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयर समायोजन गरिएको छ। यसपछि कम्पनीको शेयर मूल्य ४५२ रुपैयाँ ६७ पैसा कायम गरिएको छ, जुन अघिल्लो कारोबार दिन आइतबारको अन्तिम मूल्य ५०६ रुपैयाँ ९९ पैसा को आधारमा गरिएको हो। यही समायोजित मूल्य अनुसार सो दिनको कारोबार खुल्नेछ।
कम्पनीले असार २ गते, भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजेदेखि आठौं वार्षिक साधारण सभा बोलाएको छ। सो सभामा हाल कायम चुक्ता पूँजीमा आधारित भएर १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
त्यसकासाथैसभामाकम्पनीकोप्रबन्धपत्रतथानियमावलीसंशोधनगर्नसञ्चालकसमितिलाईअख्तियारीदिने, लेखापरीक्षकनियुक्तगर्ने, लगायतकाअन्यप्रस्तावहरूपनिपारितगरिनेछन्।