·

शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, प्रतिशेयर आम्दानी घट्यो

Author

NEPSE TRADING

शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, प्रतिशेयर आम्दानी घट्यो

शिखर इन्स्योरेन्स लिमिटेड (SICL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको नाफा सामान्य वृद्धि भएको छ भने प्रतिशेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा कम्पनीले ४५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.६६ प्रतिशत बढी हो। अघिल्लो वर्ष सोही अवधिमा नाफा ४४ करोड ५३ लाख रुपैयाँ थियो। यस अवधिमा खुद आर्जित बीमाशुल्क ३१.९१ प्रतिशत र कुल आम्दानी ११.७५ प्रतिशतले बढेको छ भने खुद दाबी भुक्तानी २१.९५ प्रतिशत र कुल खर्च १४.७२ प्रतिशतले बढेको छ। यद्यपि, नाफा वृद्धि भए पनि प्रतिशेयर आम्दानी (EPS) १ रुपैयाँ २९ पैसा घटेर १५ रुपैयाँ ४९ पैसामा पुगेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात (P/E) ४९.९५ गुणा र प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९७ पैसा रहेको छ। २ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ९१ करोड रुपैयाँ, महाविपत्ती कोषमा १६ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २१ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड ६६ लाख रुपैयाँ रहेको छ।

Related News