उपकार लघुवित्तको उल्लेखनीय वित्तीय सुधार, असार मसान्तसम्म ३ करोड नाफा
Author
NEPSE TRADING

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड (ULBSL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार, अघिल्लो वर्ष ३ करोड ५१ लाख रुपैयाँको नोक्सानी बेहोरिएको संस्थाले यस पटक उल्लेखनीय सुधार गर्दै ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
नाफा वृद्धिको मुख्य कारण संस्थाले सम्भावित जोखिमका लागि छुट्याएको रकम घटाउनु हो। अघिल्लो वर्षमा ६ करोड ३९ लाख रुपैयाँ छुट्याएको संस्थाले यस वर्ष मात्र १ करोड ८ लाख रुपैयाँ छुट्याएको छ, जसले नाफा बढाउन मद्दत पुर्याएको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.८२%, अन्य सञ्चालन आम्दानी १०५.४४% र कुल सञ्चालन आम्दानी २२.८१% ले बढेको छ।
असार मसान्तसम्म संस्थाको प्रतिशेयर आम्दानी (EPS) ३२ रुपैयाँ २६ पैसा, प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ९६ पैसा, र मूल्य-आम्दानी अनुपात (P/E Ratio) १०५.०७ गुणा रहेको छ।
उपकार लघुवित्तको चुक्ता पूँजी १० करोड ६१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड ७ लाख रुपैयाँ सञ्चित छ।
निक्षेपतर्फ ९२ करोड ३६ लाख रुपैयाँ, सापटीतर्फ १ अर्ब ४० करोड २७ लाख रुपैयाँ रहेको छ। संस्थाले यी स्रोतमार्फत २ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
