·
चाँदीको मूल्य नयाँ उचाईमा, सुन तोलामा ४०० रुपैयाँले बढ्यो
Author
NEPSE TRADING

असार ३० गते, सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यले अघिल्लो रेकर्ड तोड्दै नयाँ उचाई कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १,९३,३०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो आईतबारको १,९२,९०० रुपैयाँभन्दा बढी हो। त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला २,३१५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला २,२८५ रुपैयाँमा कारोबार भएको थियो। यसरी चाँदीको मूल्यले आईतबारको उचाई समेत पार गर्दै नयाँ रेकर्ड कायम गरेको हो।