·

सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक

Author

NEPSE TRADING

सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। नेपाल बीमा प्राधिकरणले असार १५ गते कम्पनीको बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गरेपछि कम्पनीले बोनसदर घोषणा गरेको हो।

कम्पनीले विभिन्न जीवन बीमा योजनाहरूमा बीमा अवधि अनुसार फरक-फरक बोनसदर तय गरेको छ। सनलाइफ सावधिक जीवन बीमालेखमा न्यूनतम प्रति हजार ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस प्रदान गरिनेछ।

त्यस्तै, भाग्योदय जीवन बीमालेखमा प्रति हजार ३० देखि ५५ रुपैयाँसम्म बोनस दिइनेछ। बाल समृद्ध जीवन बीमामा पनि ३० देखि ५५ रुपैयाँसम्म बोनसदर कायम गरिएको छ। सावधिक सुनौलो जीवन बीमालेखमा ३० देखि ५२ रुपैयाँसम्म बोनस दिइनेछ भने सुनौलो बाल समृद्ध जीवन बीमामा पनि सोही अनुपातमा बोनस प्रदान गरिनेछ।

नवीन आजीवन जीवन बीमालेखमा भने बोनसदर अझ उच्च रहेको छ। यस योजनामा न्यूनतम प्रति हजार ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दिइनेछ। १५ वर्षे सार्थक आजीवन जीवन बीमालेखमा स्थिररूपमा ३९ रुपैयाँ बोनसदर तोकिएको छ।

त्यस्तै, धनधान्य, धनलक्ष्मी, धनञ्जय र नव धनलक्ष्मी जीवन बीमालेखमा प्रति हजार २३ देखि २५ रुपैयाँसम्म बोनसदर कायम गरिएको छ। कम्पनीले बोनसदरमार्फत ग्राहकहरूको विश्वासलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।

Related News