स्वस्तिक लघुवित्तको शेयरमा लगातार २५ दिन सकारात्मक सर्किट, आईपीओ लगानीकर्ताले २४ हजार नाफा कमाए
Author
NEPSE TRADING

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा लगातार २५ कारोबार दिन सकारात्मक सर्किट लागेको छ। नेप्सेमा कारोबार सुरु भएदेखि नै यो कम्पनीको शेयर निरन्तर रूपमा सकारात्मक सर्किट लाग्दै कारोबार भइरहेको हो।
कात्तिक २५ गतेदेखि नेप्सेमा कारोबार सुरु भएको यस कम्पनीको शेयर मूल्य त्यसयता उल्लेख्य रूपमा बढेको छ। कारोबारको पहिलो दिन ३९१ रुपैयाँ ७० पैसामा बन्द भएको स्वस्तिक लघुवित्तको शेयर मूल्य मंगलबार पुस १ गतेको कारोबार अन्त्यसम्म २ हजार ५५९ रुपैयाँ ७० पैसामा पुगेको छ। यस अवधिमा कम्पनीको शेयर मूल्य कुल २ हजार १६८ रुपैयाँले वृद्धि भएको हो।
शेयर मूल्यमा आएको यो तीव्र वृद्धिसँगै आईपीओमा लगानी गरेका लगानीकर्ताले उल्लेखनीय नाफा कमाएका छन्। आईपीओमा १० कित्ता शेयर पाएका लगानीकर्ताले हालसम्म करिब २४ हजार रुपैयाँ बराबरको नाफा कमाइसकेका छन्। करिब १ हजार रुपैयाँ लगानी गरेका लगानीकर्ताले बुधबार शेयर बिक्री गर्ने हो भने २४ हजार रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सक्ने देखिएको छ।
लगातार सकारात्मक सर्किट र उच्च प्रतिफलका कारण स्वस्तिक लघुवित्तको शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ।


