·

स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि सर्वसाधारणका लागि खुला

Author

NEPSE TRADING

स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० गतेदेखि सर्वसाधारणका लागि खुला

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँटपछि अब सर्वसाधारणले पनि आवेदन दिन सक्ने भएका छन्।

कम्पनीले कुल २ लाख ३१ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएकोमा पहिलो चरणमा कर्मचारी, सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित गरी कुल ३५ हजार ८०५ कित्ता शेयर निष्काशन गरिसकेको छ। अब बाँकी रहेको १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिँदैछ, जसको कुल मूल्य १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँ हुनेछ।

आईपीओ निष्काशन छिटोमा भदौ ३ गते बन्द हुनेछ भने सो अवधिमा माग नपुगेमा भदौ १३ गतेसम्म खुला रहनेछ। आवेदनकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले यस आईपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट’ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Related News