·

२८ लाखभन्दा बढी हुण्डी रकमसहित तीन जना पक्राउ

Author

NEPSE TRADING

२८ लाखभन्दा बढी हुण्डी रकमसहित तीन जना पक्राउ

स्रोत नखुलेको कुल रु २८ लाख २८ हजार नगदसहित प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा तीन जनालाई पक्राउ गरेको छ। पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, उनीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरिएको हो।

पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवाललाई प्रहरीले रु ९ लाख ४७ हजार नगदसहित नियन्त्रणमा लिएको छ। यस्तै, वीरगञ्ज महानगरपालिका–३ आर्दशनगरबाट विनितकुमार श्रीवास्तवलाई रु १५ लाख ८१ हजार नगदसहित पक्राउ गरिएको हो।

त्यस्तै, बाराको परवानीपुर गाउँपालिका–४ का दीपककुमार सोनारलाई रु ३ लाख नगदसहित प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार, उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोबार (अवैध वित्तीय कारोबार) गरेको अभियोगमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

प्रहरीले हुण्डी कारोबारलाई संगठित वित्तीय अपराधका रूपमा लिँदै आएका छन्, जसले देशको वित्तीय अनुशासनमा गम्भीर असर पार्ने जनाएको छ।

Related News