·

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Author

NEPSE TRADING

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (असार २३ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि असार ९ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो।

नेपाल धितोपत्र बोर्डले दरमखोलालाई १ अर्ब ३ करोड ५ लाख रुपैयाँ जारी पुँजीको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो।

यसअनुसार, कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्दैछ।

जसमध्ये:

  • १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित गुल्मीको मुसीकोट नगरपालिका, बागलुङको गल्कोट नगरपालिका र बडीगाड नगरपालिकाका स्थानीयलाई,

  • २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई,

  • ५८ हजार ३९० कित्ता कर्मचारीहरूलाई,

  • १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषलाई,

  • बाँकी २४ लाख २३ हजार १८५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।

आवेदकहरूले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीले सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा वा मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

स्थानीय आवेदकहरूले भने ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंक र प्रभु बैंकको गल्कोट शाखा तथा दरमखोला पावरहाउसको स्वीकृत संकलन केन्द्रमार्फत आवेदन दिन सक्नेछन्।

यस आईपीओको बिक्री व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

Related News