NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. What are preference shares and debentures ?
    अग्राधिकार शेयर र डिवेञ्चर भनेको के हो ?
    Economy
    2 min read
    Published on April 3, 2024
    NEPSE trading

    अग्राधिकार शेयर र डिवेञ्चर भनेको के हो ? What are preference shares and debentures ?

    अग्राधिकार शेयर

    कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको शेयरलाई अग्राधिकार शेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण शेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार शेयर भनिएको हो । यस्तै कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार शेयरवालाहरुको अग्राधिकार हुन्छ ।

    यसै कारण अग्राधिकार शेयरमा गरिने लगानीलाई तुलनात्मकरुपमा कम जोखिमपूर्ण मानिएको छ । तर सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार शेयरवालाहरुले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन् । अर्कोतर्फ कम्पनीले जतिसुकै नाफा आर्जन गरेता पनि अग्राधिकार शेयरवालाहरुले तोकिएको दरभन्दा बढी लाभांश प्राप्त गर्न सक्दैनन् । यस प्रकार अग्राधिकार शेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ ।

    अग्राधिकार शेयरवालाहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा वाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउँदैनन् । अग्राधिकार शेयरलाई मिश्रित प्रकृतिको धितोपत्र को रुपमा लिइन्छ किनभने यसमा साधारण शेयर तथा डिवेञ्चर दुवैको विशेषता पाइन्छ ।

    अग्राधिकार शेयरहरु सञ्चयशील (कुनै वर्ष कम्पनी नोक्सानमा गई लाभांश भुक्तानी गर्न नसक्दा लाभांश सञ्चय भै आगामी वर्षको नाफाबाट भुक्तानी गर्नुपर्ने) वा असञ्चयशील, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशील (निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।

    डिवेञ्चर

    तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारणतः रु. १००० हुन्छ । डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिकरुपमा ब्याज प्राप्त गर्दछन् । साधारण शेयर र अग्राधिकार शेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् । संगठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन ।

    डिवेञ्चरवाला र संगठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । कथंकदाचित कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिवेञ्चरवालाहरुले कम्पनी खारेजीमा पठाउन कार्यवाही चालाउन सक्छन् । डिवेञ्चरमा प्रायः जोखिम लिन नचाहने लगानीकर्ताहरु (च्ष्कप ब्खभचतभच) लगानी गर्न रुचाउँदछन् । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुँदैन ।

    डिवेञ्चरहरु सुरक्षित (कम्पनीको सम्पत्ति जमानत वा बन्धक राखी निष्काशन हुने) वा असुरक्षित, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशिल (निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।

    Preference shares

    Shares issued by the company to distribute dividends at a fixed rate from the profits earned by the company are called preference shares. It is called preference share because it has priority rights over ordinary shareholders in relation to dividends distributed by the company. Similarly, even if the company goes into liquidation, the priority shareholders have the priority to receive their investment and accumulated dividends. For this reason, investment in preference shares is considered relatively less risky. But if the concerned company does not earn profit in any year, the preference shareholders cannot get the dividend at the specified rate. On the other hand, no matter how much profit the company earns, the preference shareholders cannot receive more than the specified rate of dividend. In this way, the risk of investing in preference shares is low and the return is also low.

    Preference shareholders are not allowed to participate in the annual general meeting of the company, except when discussing matters related to their rights and interests. Preference shares are considered as securities of mixed nature because they have features of both ordinary shares and debentures. Preference shares can be cumulative (if the company has made a loss in a year and cannot pay dividends, then dividends must be saved and paid out of the next year's profits) or non-cumulative, redeemable (paid back after a certain period of time) or non-redeemable and convertible (can be converted into ordinary shares after a certain period of time) or non-convertible. They are natural. 

    Debenture

    A debenture is a bond issued on the condition of paying principal and interest at a specified rate and time. Its face value is usually Rs. 1000 is. Debenture holders receive interest on their investment amount annually or semi-annually at a fixed rate. Debenture holders receive interest on ordinary shares and preference shares before dividends are paid. Even if the organization is in loss, the debenture holders will not have any problem in getting the prescribed interest. The relationship between the venturer and the organization is like that of a creditor and a debtor. If the company is unable to provide interest at the specified rate and time, the debenture holders can initiate proceedings to send the company into liquidation. Investors who do not want to take risk often prefer to invest in debentures. The debenture holders do not get the opportunity to participate in the company's annual general meeting and do not have voting rights.

    Debentures are secured (issued against the assets of the company as security or pledge) or unsecured, redeemable (repaid after a fixed period of time) or irredeemable and convertible (convertible into ordinary shares after a fixed period) or non-convertible in nature.

    Trending News

    • Trending4 Jun, 2026

      दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

      Read news
    • Trending4 Jun, 2026

      माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

      Read news
    • Trending4 Jun, 2026

      उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

      Read news

    Related News

  • दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब
    Investor

    3 min read

    दुई दिनको वृद्धिपछि नेप्से ओरालो : ५० दिने औसत पार गर्न नसकेको बजारलाई अन्तिम घन्टाको बिक्री दबाब

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने
    Investor

    1 min read

    माउन्ट एभरेस्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्ने

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका
    Top

    1 min read

    उपत्यकामा २४ घण्टामै २,४४५ चालक कारबाहीमा, सबैभन्दा धेरै तीव्र गतिका

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित
    Investor

    1 min read

    इरान युद्धमा ट्रम्पलाई प्रतिनिधिसभाको पहिलो झट्का : सैन्य कारबाही रोक्ने प्रस्ताव पारित

    NEPSE TRADING

    ·

    4 Jun, 2026

  • कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो
    Investor

    2 min read

    कालीमाटीको आजको थोक मूल्य : नेपाली गोलभेँडा ६०, सिताके च्याउ १ हजार रुपैयाँ किलो

    NEPSE TRADING

    ·

    4 Jun, 2026