·

गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

Author

NEPSE TRADING

गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। यसअघि पनि उनीहरूले रिट दिएका थिए, तर त्यसलाई दरपिठ गरिएको थियो।

सर्वोच्च अदालत प्रशासनका अनुसार हाल पेश गरिएको रिट अध्ययनको क्रममा छ। रिटमा पौडेललाई राजनीतिक पृष्ठभूमिको व्यक्ति भएको, मौद्रिक र बैंकिङ क्षेत्रमा आवश्यक अनुभव नभएको र राष्ट्र बैंक ऐनअनुसार योग्यतासम्पन्न नभएको दाबी गरिएको छ। उनीसँग ग्रामीण विकास अर्थशास्त्रमा शैक्षिक योग्यता भए पनि ऐनले तोकेको विशिष्ट योग्यता नपुगेको भनिएको छ।

त्यसैगरी, पौडेल स्वयं सिफारिस समितिका सदस्य रहँदा नियुक्ति प्रक्रिया पूर्वनियोजित भएको र यसले ऐन तथा सुशासनका मापदण्डको उल्लंघन गरेको आरोप समेत लगाइएको छ। डा. पौडेललाई मन्त्रिपरिषद्ले जेष्ठ ६ गते गभर्नर नियुक्त गरेको हो भने उनले जेष्ठ ७ गते कार्यभार सम्हालेका हुन्।

Related News