
एभरेष्ट कलर लिमिटेडको साधारण शेयरको सार्वजनिक निष्काशन खुल्ला सूचनाEverest Colour Limited Public Share Issuance Open Notice
- वर्ग:Category:
- IPO/FPO News
- प्रकाशित मिति:Published:
- Published on June 5, 2026
सि.नं. दरखास्त फारम प्राप्त गर्ने र बुझाउने स्थान :
१. नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहिरहेका नेपालीहरुलाई नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका आस्वा (ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सि-आस्वा (C-ASBA) प्रणाली मार्फत आवेदन दिन सकिनेछ।
साधारण शेयरको बिक्री खुल्ला अवधि:
निष्काशन खुल्ला हुने मिति : २०८३/०२/२२ गतेदेखि
निष्काशन बन्द हुने मिति (छिटोमा) : २०८३/०२/२७ गते (बैंकिङ्ग समय पश्चात) सम्म।
निष्काशन बन्द हुने मिति (ढिलोमा) : २०८३/०३/०५ गते (बैंकिङ्ग समय पश्चात) सम्म।
संक्षिप्त वित्तीय विवरण
विवरण वास्तविक अपरिष्कृत प्रक्षेपित
आ.व. ०७४/७५ *आ.व. ०७५/७६ आ.व. ०७६/७७ आ.व. ०७७/७८ आ.व. ०७८/७९ आ.व. ०७९/८० आ.व. ०८०/८१ आ.व. ०८१/८२ आ.व. ०८२/८३ आ.व. ०८३/८४ आ.व. ०८४/८५
| प्रति शेयर आम्दानी (EPS) (रु.) | ६.६० | १.८८ | ६.६० | ८.३७ | ५.२२ | ८.४१ | ११.४८ |
| प्रति शेयर नेटवर्थ (रु.) | १२५.६२ | ११६.६२ | ११३.६७ | ११२.४ | १११.९१ | १२३.६२ | १३१.०५ |
| प्रति शेयर नेटवर्थ रु. (पुनः मूल्यांकन कोष बाहेक) | ७८.४५ | ६८.५० | १००.०२ | १०४.०८ | १०४.२३ | ११३.३४ | १२४.२२ |
| संचित नाफा/(नोक्सान) | (२४,०२२,६६३) | (२०,६६४,६७६) | ३४,२१७ | २,०३७,७२० | १४,४२०,५६२ | ४०,०११,१७७ | ७४,४४५,६२४ |
नोट: कम्पनीको आर्थिक वर्ष २०८०/८१ का वित्तीय विवरणहरुलाई तुलनात्मक रुपमा प्रस्तुत गर्नका लागि अंकित मूल्य रु.५०/- मा आधारित तथ्यांकहरुलाई आवश्यक समायोजन गरी रु.१००/- अंकित मूल्यको आधारमा पुनः प्रस्तुत गरिएको हो।
स्वीकृत विवरणपत्र मार्फत कर्मचारीहरु र संस्थापक शेयरधनीहरुलाई साधारण शेयर बाँडफाँड भएको मितिले तीन वर्ष पूरा नभएसम्म बिक्री वितरण गर्न पाइने छैन।
कर्मचारी, सञ्चालकहरु तथा संस्थापक शेयरधनीहरुका एकाघरको सदस्यले स्वीकृत विवरणपत्र मार्फत निष्काशन गरिने प्राथमिक सार्वजनिक निष्काशनमा आवेदन दिन पाउने छैनन्।
क्रेडिट रेटिङ्ग सम्बन्धी विवरण
स्वीकृत विवरणपत्र अनुसार सार्वजनिक रुपमा निष्काशन गर्न लागिएको साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६०” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस् नेपाल लिमिटेड, पुतलीसडक, काठमाण्डौबाट क्रेडिट रेटिङ्ग गराई मिति २०८२/०६/०१ मा “CARE-NP BB (Is)” (Double B [Issuer]) प्रमाणपत्र प्राप्त गरेको छ । उक्त रेटिङ्गले “Issuers with this rating are considered to offer moderate risk of default regarding timely servicing of financial obligations, in Nepal” जनाउँदछ । केयर रेटिङ्गस् नेपाल लिमिटेडले CARE-NP AAA(Is) देखि CARE-NP D(Is) प्वाइन्ट रेटिङ्ग प्रदान गर्दछ । जसमा CARE-NP AAA(Is) ले बलियो आधारहरु जनाउँछ भने CARE-NP D(Is) ले कमजोर आधारहरु जनाउँछ । दिइने आधारहरुमा प्रयोग गरिने (Plus) चिन्हले दिइएको समूहको तुलनामा सकारात्मक स्थितिलाई जनाउँछ । यस सम्बन्धी विस्तृत विवरण पत्रको दफा ग.२२ (ट) (पृष्ठ नं. ५२) उल्लेख गरिएको छ।
क्रेडिट रेटिङ्ग ग्रेड प्रदान गरेको मिति : २०८२/०६/०१
क्रेडिट रेटिङ्ग ग्रेड बहाल रहने मिति : २०८३/०७/०६
S.N. Locations to obtain and submit application forms:
१. Nepali citizens residing abroad who have received labor approval from the relevant body of the Government of Nepal can apply through the C-ASBA system using the “Mero Share” software developed by CDS and Clearing Limited and designated branch offices of ASBA member banks and financial institutions approved by the Nepal Securities Board.
Ordinary Share Sale Period:
Issuance opening date : २०८३/०२/२२ onwards
Issuance closing date (earliest) : २०८३/०२/२७ (after banking hours).
Issuance closing date (latest) : २०८३/०३/०५ (after banking hours).
Brief Financial Details
Description Actual Unaudited Projected
F.Y. ०७४/७५ *F.Y. ०७५/७६ F.Y. ०७६/७७ F.Y. ०७७/७८ F.Y. ०७८/७९ F.Y. ०७९/८० F.Y. ०८०/८१ F.Y. ०८१/८२ F.Y. ०८२/८३ F.Y. ०८३/८४ F.Y. ०८४/८५
| Earnings Per Share (EPS) (Rs.) | ६.६० | १.८८ | ६.६० | ८.३७ | ५.२२ | ८.४१ | ११.४८ |
| Net Worth Per Share (Rs.) | १२५.६२ | ११६.६२ | ११३.६७ | ११२.४ | १११.९१ | १२३.६२ | १३१.०५ |
| Net Worth Per Share Rs. (Excluding Revaluation Reserve) | ७८.४५ | ६८.५० | १००.०२ | १०४.०८ | १०४.२३ | ११३.३४ | १२४.२२ |
| Retained Earnings/(Loss) | (२४,०२२,६६३) | (२०,६६४,६७६) | ३४,२१७ | २,०३७,७२० | १४,४२०,५६२ | ४०,०११,१७७ | ७४,४४५,६२४ |
Note: The financial statements for the company's fiscal year २०८०/८१ have been restated based on a face value of Rs. ५०/- by making necessary adjustments to the data originally presented at a face value of Rs. १००/- for comparative presentation.
Employees and promoter shareholders are not allowed to sell or distribute ordinary shares allotted to them through the approved prospectus until three years have passed from the date of allotment.
Employees, directors, and immediate family members of promoter shareholders are not allowed to apply in the primary public offering issued through the approved prospectus.
Credit Rating Details
As per the approved prospectus, for the ordinary shares being publicly issued, a credit rating of “CARE-NP BB (Is)” (Double B [Issuer]) has been obtained from Care Ratings Nepal Limited, Putalisadak, Kathmandu, a credit rating institution approved by the Nepal Securities Board, as per the provisions of Rule ३ of the “Credit Rating Regulations, २०६०”. This rating indicates that “Issuers with this rating are considered to offer moderate risk of default regarding timely servicing of financial obligations, in Nepal”. Care Ratings Nepal Limited provides point ratings from CARE-NP AAA(Is) to CARE-NP D(Is). CARE-NP AAA(Is) indicates strong fundamentals, while CARE-NP D(Is) indicates weak fundamentals. The (Plus) sign used in the assigned ratings indicates a relatively positive position compared to the group it belongs to. Detailed information regarding this is mentioned in Clause G.२२ (T) (Page No. ५२) of the prospectus.
Date credit rating grade assigned : २०८२/०६/०१
Date credit rating grade remains valid : २०८३/०७/०६