आधिकारिक सूचनाOfficial AnnouncementAGM/Special AGM
5 Jun, 2026
मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा सूचना

मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा सूचनाManakamana Daraundi Hydropower Company Limited: 7th Annual General Meeting Notice

वर्ग:Category:
AGM/Special AGM
प्रकाशित मिति:Published:
Published on June 5, 2026

मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेड को

सातौं वार्षिक साधारण सभाको सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३/०२/२२

यस मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालक समितिको मिति २०८३/०२/१८ मा बसेको ११४ औं बैठकको निर्णय अनुसार कम्पनीको सातौं वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा देहाय बमोजिमका विषयहरुमा छलफल गरी प्रस्ताव पारित गर्नु पर्ने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरुलाई उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ।

सभाहुने मिति, समय र स्थान:

* मिति: २०८३ साल आषाढ महिना १३ गते, शनिवार

* समय: बिहान ११:३० बजे

* स्थान: होटल हार्दिक, बागबजार, काठमाडौं

साधारण सभाका विषयसूची:

  1. सञ्चालक समितिको तर्फबाट कार्यकारी अध्यक्षज्यूबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
  2. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने।
  3. आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने।
  4. कम्पनी ऐन, २०६३ तथा कम्पनीको नियमावलीको नियम २७ बमोजिम स्वतन्त्र सञ्चालकको नियुक्ति सम्बन्धी प्रस्ताव उपर छलफल गरी पारित गर्ने।
  5. सञ्चालक समितिको निर्णयानुसार एक जना सञ्चालकलाई कम्पनीको पूर्णकालिन समय काममा लगाए वापतको पारिश्रमिक अनुमोदन गर्ने।
  6. विविध ।

विशेष प्रस्ताव:

१. कम्पनीको नियमावलीको नियम २७ र ३१ मा कम्पनी ऐन, २०६३ अनुकूल हुने गरी संशोधन गर्ने।

२. कम्पनीको प्रबर्धनामा निर्माण हुने आयोजनाको वित्तीय व्यवस्थापनको लागि बैंकबाट दीर्घकालिन ऋण लिई वित्तीय व्यवस्थापन गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।

शेयरधनी महानुभावहरुका लागि जानकारी:

  1. साधारण सभामा सहभागी हुन शेयरधनीहरुले आफ्नो परिचय खुल्ने प्रमाणपत्र साथमा ल्याउनु पर्नेछ।
  2. कुनै शेयरधनी स्वयं उपस्थित हुन नसकेमा कम्पनीको नियमावली बमोजिम प्रतिनिधि (Proxy) नियुक्त गर्न सकिनेछ।
  3. सभासम्बन्धी थप जानकारीका लागि कम्पनीको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

सञ्चालक समितिको आज्ञाले,

कम्पनी सचिव

Manakamana Daraundi Hydropower Company Limited

Notice of 7th Annual General Meeting

First published date: २०८३/०२/२२

As per the decision of the 114th meeting of the Board of Directors of Manakamana Daraundi Hydropower Company Limited held on २०८३/०२/१८, this notice has been published to invite all esteemed shareholders to attend the company's 7th Annual General Meeting to discuss and pass proposals on the following subjects at the specified date, time, and place.

Date, Time and Place of Meeting:

* Date: २०८३ Ashadh १३, Saturday

* Time: ११:३० AM

* Place: Hotel Hardik, Bagbazar, Kathmandu

Annual General Meeting Agenda:

१. To discuss and pass the annual report for the fiscal year २०८१/८२ presented by the Executive Chairman on behalf of the Board of Directors.

२. To discuss and pass the balance sheet, profit and loss account, cash flow statement, and other financial statements for the fiscal year २०८१/८२, along with the auditor's report.

३. To appoint an auditor for the fiscal year २०८२/८३ and determine their remuneration.

४. To discuss and pass the proposal regarding the appointment of an independent director as per Rule २७ of the Company's Articles of Association and Company Act, २०६३.

५. To approve the remuneration for one director engaged in full-time work for the company as per the decision of the Board of Directors.

६. Miscellaneous.

Special Proposals:

१. To amend Rules २७ and ३१ of the Company's Articles of Association to be in accordance with the Company Act, २०६३.

२. To authorize the Board of Directors to take long-term loans from banks for the financial management of projects to be constructed for the company's promotion and to manage finances.

Information for esteemed shareholders:

१. Shareholders participating in the Annual General Meeting must bring their identification document.

२. If any shareholder is unable to attend in person, a representative (Proxy) may be appointed as per the company's Articles of Association.

३. For further information regarding the meeting, contact the company's office.

By order of the Board of Directors,

Company Secretary

मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा सूचना - NEPSE Trading | NEPSE Trading