
नेपाल फाइनान्स लिमिटेडको हकप्रद संस्थापक शेयर लिलामी बिक्रीको सूचनाNepal Finance Limited: Auction Sale of Promoter Shares
- वर्ग:Category:
- Auction
- प्रकाशित मिति:Published:
- Published on June 12, 2026
हकप्रद संस्थापक शेयर लिलाम बिक्रीको शिलबन्दी बोलपत्र आव्हानको सूचना
शिलबन्दी बोलपत्र पेश गर्ने शुरु मिति २०८३/०२/२८
शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३/०३/१२
बोलपत्रद्वारा बिक्री गरिने धितोपत्रको विवरण:
संस्थापक शेयर : ६,२२,७८७ कित्ता
श्री नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकी रहेको माथि उल्लेखित बमोजिमको शेयरहरु प्रचलित नियम कानून तथा नेपाल राष्ट्र बैंकका धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को अधिनमा उक्त शेयरहरु लिलाम बढाबढ गरी बिक्री गरिनेछ । बोलकबोल मार्फत शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संस्थाहरुले यो सूचनामा उल्लेखित अवधिभित्र देहाय बमोजिमको स्थानहरुमा आइपुग्ने गरी प्रति कित्ता के कतिमा लिन कबुल गर्ने हो सो स्पष्ट खोली गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आव्हान गरिन्छ ।
तपसिल
सि.नं. बोलपत्र आवेदन फाराम पाइने र बुझाउने स्थान संकलन केन्द्रहरु
- प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौँ ।
- नेपाल फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयहरु ।
- प्रभु बैंक लिमिटेडको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयहरु ।
शर्तहरु:
- बोलपत्र आवेदन फाराम रु. १००/- नगद भुक्तानी गरी माथि उल्लेखित संकलन केन्द्रहरुबाट प्राप्त गर्न सकिनेछ ।
- शेयरको न्यूनतम मूल्य प्रति शेयर रु. १००/- तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
- बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । केरमेट भई कबोल गरेको मूल्य रकम नबुझिने भएमा जम्मा गरेको रकमलाई आधार मानिने छ ।
- बोलपत्रदाताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, टेलिफोन नम्बर लगायत बोलपत्र फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।
- बोलपत्र दाताले संस्थापक शेयरहरुको लागि न्यूनतम १००० कित्ता वा सो भन्दा बढी १० अंकले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । तर शेयर खरिद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नेपाल राष्ट्र बैंकले एउटा व्यक्ति वा संस्थाले खरिद गर्न पाउने भनी तोकेको अधिकतम संख्या सिमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नुपर्नेछ ।
- बोलपत्रवालाले आफूले खरिद गर्न चाहेको शेयरको जम्मा मूल्यको सम्पूर्ण रकम श्री प्रभु क्यापिटल लि. को नाममा कमलादी, काठमाण्डौँमा तथा नेपाल फाइनान्स लिमिटेड कमलादी, काठमाण्डौँमा नगद जम्मा गरी सो को सक्कल भौचर संलग्न गरी वा श्री प्रभु क्यापिटल लि. को नाममा खिचिएको Good for Payment Cheque वा Manager's Cheque वा Connect IPS बाट उक्त खातामा नगद जम्मा गरी सोको निस्सा संलग्न गरी बोलपत्र पेश गर्नुपर्नेछ । यदि चेक भुक्तानी नभएमा दरखास्त फाराम स्वतः रद्द हुनेछ । साथै Good for Payment गर्दा लाग्ने शुल्क तथा रु. २ लाख भन्दा बढी रकम Good for Payment Cheque जम्मा गर्नेको हकमा Cheque Clearing शुल्क बापतको रकम आवेदक स्वयंले व्यहोर्नु पर्नेछ ।
सि.नं. खाता रहेको बैंकको नाम, ठेगाना खाताको नाम खाता नं.
- प्रभु बैंक लिमिटेड, कमलादी, काठमाण्डौँ प्रभु क्यापिटल लिमिटेड १११०००६२९८१००१२३
- नेपाल फाइनान्स लिमिटेड, कमलादी प्रभु क्यापिटल लिमिटेड ००१००१००००३३०२०००००१
- बाँडफाँडमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा शेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।
- संस्थापक समूहको हकमा समान मूल्य बोलकबोल भएमा पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई दिईनेछ साथै आवेदन दिँदा नेपाल राष्ट्र बैंकले तोकेको सम्पूर्ण प्रक्रिया पूरा भएको अनुसूची ३, (Fit and Proper Test), कर चुक्ताको प्रमाणपत्र, कर्जा सूचना केन्द्रबाट कालोसूचीमा नरहेको विवरण, नागरिकताको प्रमाणपत्र, प्रहरी चारित्रिक प्रमाणपत्र, आम्दानीको स्रोत तथा अन्य आवश्यक कागजातहरु पेश गर्नुपर्नेछ । फाइनान्स कम्पनीको संस्थापक बाहेकका व्यक्तिले संस्थापक समूहको शेयर खरिद गर्न आवेदन दिई बाँडफाँड भई यदि नियमनकारी निकायको स्वीकृति लिनुपर्ने भएमा स्वीकृति लिए पश्चात मात्र बाँडफाँड शेयरलाई सदर गरिनेछ ।
- बोलपत्र आवेदन पेश गर्दा खाम बाहिर “नेपाल फाइनान्स लिमिटेडको शेयर खरीद आवेदन-संस्थापक समूह” उल्लेख हुनुपर्नेछ ।
- बोलपत्र मिति २०८३/०३/१२ गते कार्यालय समयभित्र तोकिएको संकलन केन्द्रहरुमा दर्ता भईसक्नु पर्नेछ । म्याद नाघि आएका वा रित नपुगेका आवेदनहरु उपर कारबाही गरिने छैन ।
- बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबोल गरेको शेयर संख्या वा रकममा कुनै हेरफेर गर्न वा बोलपत्र फिर्ता लिन सकिने छैन ।
- बोलपत्र सम्पूर्ण संकलन केन्द्रहरुबाट बिक्री प्रबन्धकको कार्यालयमा संकलन भएपश्चात बोलपत्र खोलिने मिति समय र स्थान उल्लेख गरि राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशन गरि जानकारी गराए पश्चात खोलिने छ ।
- रितपूर्वक प्राप्त बोलपत्रहरु मध्ये सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यस बाट एकै मूल्यमा दुई वा दुई भन्दा बढी बोलपत्र आवेदनहरु पर्नगई बिक्री हुन बाँकी शेयर संख्या भएमा समानुपातिक रुपमा शेयर बाँडफाँड गरिने छ ।
- बोलपत्र आवेदनहरु मध्ये बाँडफाँडमा नपरेको आवेदकहरुको जम्मा भएको रकम धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को व्यवस्था बमोजिम फिर्ता भुक्तान गरिनेछ । साथै सो रकममा कुनै किसिमको ब्याज प्रदान नगरिने व्यहोरा समेत जानकारी गराइन्छ ।
- कबोल गरेको शेयर खरीदको लागि कुनै पनि बोलपत्र पेश हुन नआएमा वा बिक्री गरिने सम्पूर्ण शेयरका लागि आंशिक रुपमा बोलपत्र पेश भई बाँकी शेयर संख्या रहन गएमा नेपाल फाइनान्स लिमिटेडको संचालक समितिको निर्णय बमोजिम हुनेछ । शेयर बिक्री गर्ने वा नगर्ने वा आवेदन माग गरेको भन्दा कम शेयर बाँडफाँड गर्न सक्ने सम्पूर्ण अधिकार नेपाल फाइनान्स लिमिटेडको संचालक समितिमा निहित रहनेछ । साथै आवेदन तथा बाँडफाँड सम्बन्धी कुनै विवाद उत्पन्न भएमा सो को अन्तिम निर्णय गर्ने अधिकार नेपाल फाइनान्स लिमिटेडको संचालक समितिमा रहनेछ ।
Notice for Sealed Bid Auction Sale of Promoter Shares
Start date for submitting sealed bids: २०८३/०२/२८
Last date for submitting sealed bids: २०८३/०३/१२
Details of securities to be sold through bids:
Promoter Shares : ६,२२,७८७ units
Nepal Finance Limited is offering its promoter shares for sale. Applications are invited for the remaining shares after the allotment of promoter and public shares, as mentioned above. These shares will be sold through auction bidding in accordance with prevailing laws and regulations and Nepal Rastra Bank's Securities Issuance and Allotment Directive, २०७४. Individuals, companies, and institutions interested in purchasing shares through bidding are invited to submit sealed bid applications, clearly stating the price per share they are willing to offer, at the locations mentioned below within the period specified in this notice.
Details
S.N. Application form collection and submission centers
१. Prabhu Capital Limited, Kamaladi, Kathmandu.
२. Nepal Finance Limited's Central Office Kamaladi, Banepa, Machhapuchhre, Lagankhel and Tilottama branch offices.
३. Prabhu Bank Limited's Biratnagar, Birgunj, Pokhara, Nepalgunj, Surkhet and Dhangadhi branch offices.
Conditions:
१. Bid application forms can be obtained from the collection centers mentioned above upon payment of Rs. १००/- in cash.
२. The minimum price per share is fixed at Rs. १००/-, so bids must be quoted at or above this price.
३. The number of shares you wish to purchase and the rate per share must be clearly written in both figures and words in the bid application form. If there is a discrepancy between figures and words, the amount written in words will be considered valid. Signatures must be affixed in case of any overwriting. If the bid amount is unclear due to overwriting, the deposited amount will be considered as the basis.
४. Bidders must clearly state all details including their name, address, telephone number, etc., in the bid application form.
५. Bidders can apply for a minimum of १००० units of promoter shares or any number of shares divisible by १० above that, up to the maximum total units. However, the total number of shares applied for purchase by an individual or institution must not exceed the maximum limit set by Nepal Rastra Bank.
६. The full amount for the shares the bidder wishes to purchase must be deposited in cash in the name of Prabhu Capital Ltd. at Kamaladi, Kathmandu, and Nepal Finance Limited at Kamaladi, Kathmandu, and the original voucher must be attached, or a Good for Payment Cheque or Manager's Cheque drawn in the name of Prabhu Capital Ltd. or a deposit through Connect IPS into the said account, along with its receipt, must be submitted with the bid. If the cheque is not honored, the application form will automatically be cancelled. Additionally, for Good for Payment, the applicable charges and for Good for Payment Cheque deposits exceeding Rs. २ lakhs, the Cheque Clearing charges must be borne by the applicant themselves.
S.N. Bank Name, Address Account Name Account No.
१. Prabhu Bank Limited, Kamaladi, Kathmandu Prabhu Capital Limited १११०००६२९८१००१२३
२. Nepal Finance Limited, Kamaladi Prabhu Capital Limited ००१००१००००३३०२०००००१
७. For successful applicants, shares will be transferred to the applicant's beneficiary account, so it is mandatory to mention the beneficiary account in the application.
८. In the case of the promoter group, if bids are at the same price, priority will be given to existing promoters. When applying, all procedures specified by Nepal Rastra Bank, including Schedule ३ (Fit and Proper Test), tax clearance certificate, details of not being blacklisted by the Credit Information Bureau, citizenship certificate, police clearance certificate, source of income, and other necessary documents must be submitted. If an individual other than a promoter of the finance company applies to purchase shares from the promoter group and if regulatory body approval is required for allotment, the shares will be allotted only after obtaining such approval.
९. When submitting the bid application, the envelope must be sealed and marked outside with “Nepal Finance Limited Share Purchase Application - Promoter Group”.
१०. Bids must be registered at the designated collection centers within office hours on २०८३/०३/१२. Applications received late or incomplete will not be processed.
११. After submitting the bid, no changes can be made to the number of shares or the amount quoted in the bid, nor can the bid be withdrawn.
१२. After all bids are collected from the collection centers at the office of the sales manager, the date, time, and place for opening the bids will be announced through a national newspaper, and then the bids will be opened.
१३. Shares will be sold to the highest bidders among the properly received bids. If there are two or more bid applications at the same price for the remaining shares after sale, the shares will be allotted proportionally.
१४. The amount deposited by applicants whose bids are not allotted will be refunded in accordance with the provisions of the Securities Issuance and Allotment Directive २०७४. It is also informed that no interest will be paid on such amounts.
१५. If no bids are received for the purchase of the quoted shares, or if only partial bids are received for all shares to be sold and a remaining number of shares exist, it will be as per the decision of the Board of Directors of Nepal Finance Limited. The full right to sell or not to sell shares, or to allot fewer shares than applied for, shall be vested in the Board of Directors of Nepal Finance Limited. Furthermore, any dispute regarding application and allotment shall be finally decided by the Board of Directors of Nepal Finance Limited.