·

नेप्सेमा सूचिकृत 'A' ग्रेड पाएका कम्पनीहरू: लगानीकर्ताका लागि विश्वासिलो विकल्प

Author

NEPSE trading

नेप्सेमा सूचिकृत 'A' ग्रेड पाएका कम्पनीहरू: लगानीकर्ताका लागि विश्वासिलो विकल्प

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत थुप्रै कम्पनीहरूले क्रेडिट रेटिङ एजेन्सीहरूबाट ‘A’ ग्रेड पाएका छन्। यो ग्रेडले ती कम्पनीहरूको वित्तीय स्थायित्व, कर्जा तिर्ने क्षमता, र जोखिम नियन्त्रण सशक्त रहेको संकेत गर्छ। यस्तो ग्रेड पाएका कम्पनीहरूमा लगानी गर्दा जोखिम तुलनात्मक रूपमा कम हुने अपेक्षा गर्न सकिन्छ।

वाणिज्य बैंकहरू

बलिया A ग्रेड पाउने वाणिज्य बैंकहरूमा नेपाल एसबीआई बैंक (SBI), स्ट्यान्डर्ड चार्टर्ड बैंक (SCB), नबिल बैंक (NABIL), सिटिजन्स बैंक (CZBIL), सानिमा बैंक (SANIMA), ग्लोबल आइएमई बैंक (GBIME) र सिद्धार्थ बैंक (SBL) परेका छन्। यी बैंकहरू पूँजी, शाखा सञ्जाल, लाभांश वितरण र डिजिटल सेवा विस्तारमा उत्कृष्ट देखिएका छन्।

विकास बैंकहरू

सुरक्षित विकल्प मुक्तिनाथ (MNBBL), गरिमा (GBBL), महालक्ष्मी (MLBL), लुम्बिनी (LBBL), शाइन रेसुंगा (SHINE) र मितेरी विकास बैंक (MDB) ले पनि A ग्रेड प्राप्त गरेका छन्। यी विकास बैंकहरूले क्षेत्रीय स्तरमा राम्रो सेवा दिइरहेका छन् र नियमित मुनाफा आर्जन गर्न सफल छन्।

माइक्रोफाइनान्स

माइक्रोफाइनान्स संस्थाहरूको प्रभावशाली प्रदर्शन छिमेक (CBBL), स्वावलम्बन (SWBBL), साना किसान (SKBBL), जीवन विकास (JBLB) र NIC Asia लघुवित्त (NICLBSL) जस्ता संस्थाहरूले ग्रामीण तथा विपन्न वर्गलाई वित्तीय सेवा पुर्‍याउँदै सशक्त लघुवित्त मोडेल प्रस्तुत गरेका छन्।

बीमा र अन्य क्षेत्रहरू

बीमा र अन्य क्षेत्रहरू पनि सशक्त बीमा क्षेत्रमा नेपाल इन्स्योरेन्स (NICL) ले A ग्रेड पाएको छ भने जलविद्युत् क्षेत्रमा चिलिमे (CHCL), बुटवल पावर (BPCL) र सानिमा माई (SHPC) जस्ता कम्पनीहरू पनि यस सूचीमा छन्। यस्तै, शिवम् सिमेन्ट (SHIVM), हिमालयन डिस्टिलरी (HDL), नेपाल टेलिकम (NTC) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) पनि A ग्रेड पाउने गैर-बैंकिङ कम्पनीहरू हुन्।

A ग्रेड पाएका कम्पनीहरूमा लगानी गर्दा दीर्घकालीन र स्थिर प्रतिफलको सम्भावना प्रबल हुन्छ। यस्ता कम्पनीहरूमा लगानी गर्नु अघि आर्थिक विवरण, डिभिडेन्ड इतिहास र बजार मूल्यको मूल्याङ्कन गर्न विशेषज्ञहरू सुझाउँछन्।

नोट: लगानी सोचेर, बुझेर गरौं।

Related News