·
नेपाली बजारमा सुनको मूल्य २,४०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
Author
NEPSE TRADING

असार १७ गते, मंगलबार नेपाली सुनचाँदी बजारमा उल्लेख्य मूल्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर १ लाख ९० हजार ५ सय रुपैयाँ पुगेको छ। सोमबार सोही सुनको मूल्य १ लाख ८८ हजार १ सय रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ। मंगलबार चाँदी प्रतितोला २ हजार १ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ, जुन सोमबारको २ हजार १ सय ५० रुपैयाँभन्दा बढी हो। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय मागका कारण यस्तो वृद्धि भएको अनुमान गरिएको छ।