·
सुनको मूल्य स्थिर, चाँदी १० रुपैयाँले बढ्यो
Author
NEPSE TRADING

साउन २२ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमै कारोबार भइरहेको छ, जुन अघिल्लो दिन अर्थात बुधबारको मूल्यसँग समान हो।
यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।