साउन–भदौको सिजनमा कारोबार सुस्त, नेप्से सामान्य अंकले घट्यो, लघुवित्त समूह चम्कियो, विन नेपाल र ट्रेड टावर सर्किटमा
Author
NEPSE trading

सामान्यतया साउन–भदौको समयलाई शेयर बजारको “सिजन” मानिन्छ । यस अवधिमा विगतमा कारोबार उच्च, सूचकहरू हरियो, लगानीकर्ता सक्रिय हुने गरेका थिए । तर, आर्थिक वर्ष २०८१/८२ मा भने यो सिजनको सुरुवातमै बजार सुस्त देखिएको छ ।
मौद्रिक नीति सार्वजनिक भएपछिको दुई साता बजारमा उत्साह देखिए पनि पछिल्ला ८ कारोबार दिनदेखि कारोबार रकम लगातार घट्दै गएको छ । यसले लगानीकर्ताको मनोबल कमजोर बनाएको छ ।
बुधबार नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२.०६ विन्दुमा बन्द भएको छ । मंगलबारको ९ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार घटेर बुधबार ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ ।
१३ उपसमूहमध्ये ५ मात्र हरियो रहँदा ८ ओरालो लागेका छन् । लघुवित्त समूह १.३४% ले वृद्धि भई अग्रस्थानमा रहेको छ ।
आजको दिन तीन कम्पनी – विन नेपाल लघुवित्त, महुली लघुवित्त र ट्रेड टावर लिमिटेड का सेयरहरू १० प्रतिशतले वृद्धि भई सर्किटमा पुगे । यस्तै समाज लघुवित्त र स्वाभिमान लघुवित्त पनि झन्डै ८% ले उकालो लागे ।
कारोबार रकमको आधारमा:
ङादी ग्रुप पावर लिमिटेड: २९ करोड ४५ लाख
हिमालयन रि इन्स्योरेन्स: २८ करोड
शिवम् सिमेन्ट्स: २४ करोड+
लगातार घट्दो कारोबार र सूचकले बजारमा अन्योल बढाएको छ । सिजनमा यस्तो अवस्था आउनु बजारको दीर्घकालीन स्वास्थ्यमा प्रश्न उठाउने खालको हो । विश्लेषकहरू भन्छन् — छोटो अवधिमा मौद्रिक नीतिले प्रभाव पार्यो, तर दीर्घकालीन विश्वासका लागि स्पष्ट रणनीति र लगानीमैत्री निर्णय आवश्यक छन् ।
प्राविधिक विश्लेषण:
नेप्से ३ हजार विन्दुसम्म पुगेपछि प्रतिरोध क्षेत्र देखियो र बजार ओरालो लाग्यो । अहिले देखिएको दबाबका कारण लगानीकर्ता मानसिक रुपमा कमजोर भएका छन् ।
यो करेक्शन फेज हो कि नयाँ डाउनट्रेन्डको सुरुवात भन्ने अझै स्पष्ट छैन । तर, विश्लेषकहरूका अनुसार २७८०–२८०० विन्दु समर्थन स्तर हो । यो स्तर भंग भएमा बजार थप कमजोर हुने सम्भावना छ ।
ब्रोकर विश्लेषण:
बजार घटे पनि शीर्ष १० ब्रोकरमध्ये ६ वटाले तुलनात्मक रूपमा बढी बाई गरेका छन् भने ४ वटाले बढी सेल गरेका छन् ।
बढी बाई गर्ने ब्रोकरहरू: ४२, ४९, ६२, ४४, ३८, ३९
बढी सेल गर्ने ब्रोकरहरू: ५८, ३४, ४५, ५७
स्टक अनुसार:
एलईसी (LEC): ब्रोकर ५८ बाट २ लाख १० हजार कित्ता खरिद (५८% बाई)
केपीसीएल (KPCL): ब्रोकर ५८ बाट ९१ हजार कित्ता खरिद