
सुन तोलामा २,१०० रुपैयाँले सस्तियो, ३ लाख ९ हजारमा झर्योGold Sheds Rs 2,100 per Tola, Falls to Rs 309,000
काठमाडौँ — स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ रहेको सुन शुक्रबार ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ पनि ओरालो लागेको छ । तोलामा ५५ रुपैयाँले घटेर शुक्रबार चाँदीको मूल्य ५ हजार २३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
KATHMANDU — The price of gold in the domestic market dropped by Rs 2,100 per tola on Friday. According to the Federation of Nepal Gold and Silver Dealers' Association, the yellow metal, which traded at Rs 311,100 per tola on Thursday, is changing hands at Rs 309,000 on Friday.
Silver also edged lower. Its price fell by Rs 55 per tola to settle at Rs 5,230, the federation said.



