·

सुन–चाँदी पुनः महँगियो

Author

NEPSE TRADING

सुन–चाँदी पुनः महँगियो

विश्व बजारमा देखिएको तीव्र उतारचढाव, मुल्यमा आएको क्रमिक वृद्धि र माग–आपूर्ति संरचनामा परेको प्रभावका कारण नेपाली बजारमा सुन–चाँदीको भाउ निरन्तर वृद्धि हुँदै गएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (मंसिर १०, २०८२) प्रतितोला छापावाला सुनको मूल्य रु २,४७,००० कायम भएको छ। यससँगै चाँदीको मूल्य पनि वृद्धि भई प्रतितोला रु ३,२०० पुगेको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला रु २,४२,७०० थियो भने चाँदी प्रतितोला रु ३,११५ मा कारोबार भएको थियो। एकैदिनमा सुनमा रु ५,२०० र चाँदीमा रु ८५ को वृद्धि भएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा एक औँस सुन ४,१४१ अमेरिकी डलर र चाँदी ५१ डलर मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको उकाली नै लगातार नेपाली बजारमा मूल्य बढ्ने प्रमुख कारण बनेको देखिन्छ।

Related News