रिलायन्स फाइनान्सले बाकी लाभांश लिन शेयरधनीलाई एक महिनाभित्र सम्पर्क गर्न आग्रह, अन्यथा रकम लगानीकर्ता संरक्षण कोषमा जाने
Author
NEPSE TRADING

रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ का बाँकी रहेको नगद लाभांश लिन नसकेका शेयरधनीलाई एक महिने अवधि भित्र सम्पर्क गर्न अत्यन्त आवश्यक सूचना जारी गरेको छ। कम्पनीले २०८२ मंसिर ९ गते प्रकाशित सूचनामार्फत ती लाभांश रकम अब लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी प्रावधान लागु हुने भएकाले तत्काल प्रक्रिया पूरा गर्न आग्रह गरेको हो।
कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम लगानीकर्ता संरक्षण कोष स्थापना भइसकेको तथा उक्त कोषको २०७३ को कार्यविधि समेत लागू भइसकेकाले दफा १८२(९) अनुसार पुराना बाँकी लाभांश कोषमा जम्मा गर्ने बाध्यतामा फाइनान्स पुगेको हो। सोही अनुसार जोखिममा परेको रकम लगानीकर्ताले गुमाउन नपरोस् भन्ने उद्देश्यले कम्पनीले शेयरधनीलाई अन्तिम मौका दिएको स्पष्ट गरेको छ।
सूचना अनुसार, शेयरधनीहरूले लाभांश दाबी गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरीमा आवश्यक कागजातसहित उपस्थित हुनुपर्नेछ। सूचना प्रकाशित भएको मितिबाट १ महिनाभित्र सम्पर्क नगरे तीस मात्र बाँकी नगद लाभांश रकम स्वचालित रूपमा लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने छ, जसपछि शेयरधनीले सो लाभांश प्रत्यक्षरूपमा फाइनान्सबाट लिन नपाउनेछन्।
रिलायन्स फाइनान्सले अहिले सम्म पनि शेयर अभौतिकीकरण (Demat) नगरेका शेयरधनीलाई तत्काल प्रक्रिया पूरा गर्न तथा शेयर धनी विवरणमा रहेको स्थायी लेखा नम्बर (PAN) अद्यावधिक गर्न पनि अनुरोध गरेको छ। बाँकी लाभांश दाबी गर्नुपर्ने शेयरधनीहरूको विस्तृत विवरण फाइनान्सको वेबसाइट www.reliancenepal.com.np मा प्रकाशित गरिएको छ।
कम्पनीले उपभोक्ता तथा लगानीकर्ता दुवैको हितमा कानुनी प्रावधानअनुसार कार्यान्वयन गरिरहेको र बाँकी लाभांश सम्बन्धी यस अन्तिम सूचना अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरेको छ।


