·
नेपाल धितोपत्र बोर्डको सञ्चालकमा महासंघ उपाध्यक्ष हेमराज ढकाल नियुक्त
Author
NEPSE TRADING

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाललाई नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नियुक्त गरिएको छ। निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ढकालले उक्त पद सम्हाल्ने भएका हुन्।
बुधबार बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नवनियुक्त सञ्चालक ढकाललाई शपथ गराएका छन्। बोर्डको नियम अनुसार निजी क्षेत्रको तर्फबाट महासंघको पदाधिकारी तहको व्यक्ति सञ्चालकमा नियुक्त हुने व्यवस्था रहेको छ।
सोही प्रावधानअनुसार केही समयदेखि खाली रहेको पदमा ढकाललाई नियुक्त गरिएको हो।