हिमालयन एभरेष्ट इन्स्योरेन्सको बीमादावी कागजात पेश गर्न ३५ दिने सूचनाHimalayan Everest Insurance: 35-Day Notice to Submit Claim Documents
- वर्ग:
- Others
- प्रकाशित मिति:
- Published on June 5, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
सूचना प्रकाशित मिति २०८३/०२/२२
यस हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडबाट जारी भएको बिमालेख अन्तर्गत २०८३ बैशाख मसान्तसम्म पर्न आएका बीमादावी सम्बन्धमा क्षति मूल्याङ्कनका लागि बुझाउन बाँकी आवश्यक कागजातहरु सम्बन्धित सर्भेयरले वा कम्पनीले अन्तिम दावी फछ्र्यौटका लागि आवश्यक कागजातहरु पेश गर्न समय समयमा ईमेल तथा टेलिफोन मार्फत माग गरेकोमा हालसम्म पनि बुझाउन बाँकी भएका बीमादावी सम्बन्धमा आवश्यक कागजातहरु कम्पनीबाट खटाईएका सम्बन्धित सर्भेयरहरु मार्फत वा यस कम्पनीको केन्द्रीय कार्यालय वा प्रदेश कार्यालय वा शाखा कार्यालयहरुमा यो सूचना प्रकाशित मितिले ३५ दिन भित्र बुझाई बीमादावी फछ्र्यौट गरी लिनहुनका लागि सम्बन्धित बीमित वा बीमा दावीकर्ताहरुलाई हार्दिक अनुरोध गर्दछौं। साथै कम्पनीबाट हालसम्म बीमितका नाममा दावी फछ्र्यौट पुर्जी जारी भएका दावीहरु सम्बन्धमा समेत उपरोक्त बमोजिमको समयावधिमा आवश्यक सम्पूर्ण कागजात तथा दावी फछ्र्यौट पुर्जीमा सहीछाप गरी दावी फछ्र्यौट पुर्जी कम्पनीमा प्राप्त नभएमा वा बीमित वा बीमितका प्रतिनिधि सम्पर्कमा नआएमा सम्बन्धित बीमितहरुको दावी फाईलहरु बन्द गरिने व्यहोरा यसै सूचना मार्फत जानकारी गराउँदछौं।
Notice published date २०८३/०२/२२
Regarding insurance claims under policies issued by Himalayan Everest Insurance Limited that occurred up to Baisakh end २०८३, for which necessary documents for damage assessment are yet to be submitted by the concerned surveyor or the company has requested necessary documents for final claim settlement via email and telephone from time to time, we kindly request the concerned insured or claimants to submit the remaining necessary documents related to insurance claims through the company's appointed surveyors or at the company's central office, provincial office, or branch offices within ३५ days from the date of this notice to settle and receive their insurance claims. Furthermore, regarding claims for which claim settlement certificates have already been issued in the name of the insured by the company but the necessary documents and signed claim settlement certificates have not been received by the company within the aforementioned period, or if the insured or their representatives do not come into contact, the claim files of the concerned insured will be closed. This notice serves to inform about this matter.




