·

नेक्सजेन म्यानेजमेन्टको १५ करोडको आईपीओ घोषणा

Author

Nepse Trading

नेक्सजेन म्यानेजमेन्टको १५ करोडको आईपीओ घोषणा

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेड बजार प्रवेशका लागि तयार हुँदै, १५ लाख कित्ता साधारण सेयर सार्वजनिक गर्ने भएको छ।
कम्पनीले आईपीओ निष्कासन प्रक्रियालाई अघि बढाउँदै बिक्री व्यवस्थापकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।

१०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता (कुल मूल्य १५ करोड रुपैयाँ) साधारण सेयर सर्वसाधारणका लागि ल्याइनेछ। आईपीओसँग सम्बन्धित सम्झौता सोमबार काठमाडौँको नयाँ बानेश्वरस्थित लक्ष्मी सनराइज क्यापिटलमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

सम्झौतामा नेक्सजेनका तर्फबाट प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराई र क्यापिटलका तर्फबाट सीईओ विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए। कार्यक्रममा सेयरधनी विजय बहादुर शाहकमल पन्थी पनि उपस्थित थिए।

नेक्सजेनको अधिकृत पुँजी १०० करोड र जारी पुँजी ५० करोड रुपैयाँ रहेको छ। स्थापना भएको तेस्रो वर्षदेखि नै लगातार छ वर्षसम्म खुद नाफा आर्जन गरेको कम्पनीले गत वर्ष नगद लाभांश वितरण गरेको थियो। यस वर्षको नाफा भने जगेडा कोषमा सारिएको कम्पनीले जनाएको छ। कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा माथि रहेको बताइएको छ।

Related News