NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Announcement
    3. Salapa Bikas Bank calls its 14th Annual General Meeting
    आधिकारिक सूचनाAGM/Special AGM8 Jun, 2026

    साल्पा विकास बैंकको १४ औं वार्षिक साधारण सभा आह्वानSalapa Bikas Bank calls its 14th Annual General Meeting

    वर्ग:
    AGM/Special AGM
    प्रकाशित मिति:
    Published on June 8, 2026
    जारीकर्ता:
    NEPSE Trading
    पढ्ने समय:
    3 मिनेट

    आदरणीय शेयरधनी महानुभावहरुः

    यस साल्पा विकास बैंक लि.को मिति २०८३ साल जेठ २२ गते बसेको सञ्चालक समितिको ४७७ औं बैठकको निर्णय बमोजिम विकास बैंकको १४ औं वार्षिक साधारण सभा निम्न लिखित मिति, समय र स्थानमा देहायका विषयहरु उपर छलफल गरी निर्णय गर्न बस्ने भएकोले कम्पनी ऐन २०६३ को दफा ६७ को व्यवस्था अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।

    साधारण सभा हुने मिति, समय र स्थान

    मितिः २०८३/०३/१५ गते।

    स्थानः खोटाङ जिल्ला, दिक्तेल रुपाकोट मझुवागढी न.पा.वडा नं.२ स्थित शुभम फाउण्डेशनको परिसर।

    समयः दिनको ११ बजे।

    छलफलका विषयहरु

    क. साधारण प्रस्तावहरु

    1. सञ्चालक समितिले तयार पारेको बैंकको आ.व. ०७८/७९ को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल र अनुमोदन गर्ने।
    2. लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष ०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको अनुसूचीहरु उपर छलफल र अनुमोदन गर्ने।
    3. बैंकको आ.व. ०७९/८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने।
    4. आगामी कार्यकालको लागि सञ्चालक समितिको चयन गर्ने।

    ख. विशेष प्रस्तावहरु

    1. बैंकको हालको कार्यक्षेत्र बाहेक थप चार जिल्लामा बैंकको कार्यक्षेत्र विस्तार गर्ने प्रयोजन लगायत अन्य संशोधनका लागि नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, फेरबदल तथा थपघट गर्न निर्देशन भएमा आवश्यकता अनुसार संशोधन थपघट गर्न सञ्चालक समिति तथा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने।
    2. सञ्चालकहरुको सेवा सुविधा पुनरावलोकन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने।
    3. विविध।

    आज्ञाले,

    श्री योगेन्द्र पुन

    प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव

    चौधौं वार्षिक साधारण सभा सम्बन्धी अन्य जानकारी

    1. चौधौं वार्षिक साधारण सभालाई ध्यानमा राखी मिति २०८३ असार ०३ गते बुधवार (१) एक दिन विकास बैंकको शेयरधनी दर्ता किताब बन्द (Book Closed) रहने छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३ असार ०२ गते सम्म कारोबार भई प्रचलित कानून बमोजिम यस विकास बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लि. (Global IME Capital Ltd.) लक्ष्मण बाबु भवन, नक्साल, काठमाण्डौमा प्राप्त नामसारीका किताबमा शेयरधनीहरुको नाम दर्ता भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्।
    2. वार्षिक साधारण सभामा भाग लिन आउनुहुने सम्पूर्ण शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने प्रमाणपत्र वा सोको प्रतिलिपि अनिवार्य रुपमा साथमा लिई आउनुहुन अनुरोध छ।
    3. शेयरधनी महानुभावहरुले उपस्थिति पुस्तिकामा दस्तखत गर्न शेयरधनी उपस्थिति पुस्तिका वार्षिक साधारण सभा हुने दिन बिहान ९:०० बजे देखी खुल्ला रहनेछ।
    4. छलफलका विषयहरु मध्ये विविध शिर्षक अन्तर्गत कुनै प्रस्ताव भैमा छलफल गर्न इच्छुक शेयरधनीले साधारण सभा हुनुभन्दा ७ (सात) दिन अगावै छलफलको विषयको जानकारी कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा दिनु पर्नेछ।
    5. साधारण सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्ति गर्न इच्छुक शेयरधनीहरुले, प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा प्रतिनिधि (प्रोक्सी) फारम भरी सभा शुरु हुनु भन्दा कम्तिमा ४८ घण्टा अगावै बैंकको केन्द्रीय कार्यालय दिक्तेल खोटाङमा दर्ता गराई सक्नु पर्नेछ। बैंकको शेयरधनी बाहेक अरुलाई प्रोक्सी दिनु पर्ने र एक भन्दा बढी व्यक्तिलाई आफ्नो शेयर विभाजन गरी तथा अन्य कुनै किसिमबाट छुट्याई प्रोक्सी दिन पाइने छैन। यसरी दिएको प्रोक्सी बदर हुने छ।
    6. प्रोक्सी नियुक्ति गरी सक्नु भएको शेयरधनी आफै सभामा उपस्थित भई हाजिर पुस्तिकामा दस्तखत गर्नु भएमा निजले दिएको प्रोक्सी स्वतः बदर हुनेछ।
    7. एकै शेयरधनीले एक भन्दा बढी प्रोक्सीहरु दिइसकेको अवस्थामा यस अघि दिइएका सबै प्रोक्सी बदर गरी पछिल्लो प्रोक्सीलाई मान्यता दिइयोस् भनी छुट्टै लेखी साधारण सभा शुरु हुनु ४८ घण्टा अगावै दर्ता गराएको अवस्थामा, अघिल्ला प्रोक्सीहरु स्वतः बदर भएको मानी, पछिल्लो प्रोक्सीलाई मान्यता दिइनेछ।
    8. नाबालक शेयरधनीको सन्दर्भमा, शेयरधनी दर्ता किताबमा संरक्षकको रुपमा नाम लेखिएको व्यक्तिले मात्र संरक्षकको हैसियतले सभामा भाग लिन, छलफल गर्न, प्रतिनिधि नियुक्त गर्न र मतदान गर्न समेत सक्नु हुनेछ।
    9. वार्षिक साधारण सभामा शेयरधनीहरुबाट उठेका प्रश्न, जिज्ञासा वा मन्तव्यहरुको सम्बन्धमा सञ्चालक समितिको तर्फबाट सभाका अध्यक्ष वा अध्यक्षबाट तोकिएको व्यक्तिले जवाफ दिनु हुनेछ।

    Dear Shareholders:

    This notice is published for the information and presence of all esteemed shareholders, as per the provision of Section ६७ of the Companies Act, २०६३, that Salapa Bikas Bank Ltd.'s 14th Annual General Meeting will be held on the following date, time, and place to discuss and decide on the following matters, as per the decision of the 477th meeting of the Board of Directors held on २०८३ Jestha २२.

    Date, Time and Place of the Annual General Meeting

    Date: २०८३/०३/१५.

    Place: Shubham Foundation premises, Ward No. २, Diktel Rupakot Majhuwagadhi Municipality, Khotang District.

    Time: ११ AM.

    Discussion Topics

    A. Ordinary Resolutions

    १. To discuss and approve the Bank's annual progress report for the fiscal year ०७८/७९ prepared by the Board of Directors.

    २. To discuss and approve the balance sheet as of २०८२ Ashar end, profit and loss account, and cash flow statement for the fiscal year ०७८/७९, along with their schedules, including the auditor's report.

    ३. To appoint an external auditor for the fiscal year ०७९/८० of the Bank and determine their remuneration.

    ४. To elect the Board of Directors for the upcoming term.

    B. Special Resolutions

    १. To authorize the Board of Directors and/or individuals designated by the Board of Directors to amend, alter, and add to the Memorandum and Articles of Association as required, if directed by the regulatory body for the purpose of expanding the Bank's operational area to four additional districts beyond its current operational area, and other amendments.

    २. To review the service facilities of the directors and amend the relevant rules of the Articles of Association accordingly.

    ३. Miscellaneous.

    By order,

    Shree Yogendra Pun

    Chief Executive Officer and Company Secretary

    Other Information regarding the 14th Annual General Meeting

    १. Keeping in mind the 14th Annual General Meeting, the Bank's share registration book (Book Closed) will remain closed for one day on Wednesday (१), २०८३ Ashar ०३. Only shareholders whose names are registered in the share registration book maintained by the Bank's share registrar, Global IME Capital Ltd. (Laxman Babu Bhawan, Naxal, Kathmandu), based on transactions up to २०८३ Ashar ०२ as per prevailing law, will be eligible to participate in the meeting.

    २. All esteemed shareholders attending the Annual General Meeting are requested to bring their identification document or a copy thereof.

    ३. The shareholder attendance register will be open for shareholders to sign from ९:०० AM on the day of the Annual General Meeting.

    ४. If any shareholder wishes to discuss any proposal under the 'Miscellaneous' topic among the discussion topics, they must submit written information about the topic of discussion to the Chairman of the Board of Directors through the Company Secretary seven (७) days prior to the Annual General Meeting.

    ५. Shareholders wishing to appoint a representative (proxy) to participate in the Annual General Meeting must fill out the representative (proxy) form in the format prescribed by the prevailing company law and submit it to the Bank's central office in Diktel, Khotang, at least ४८ hours before the meeting begins. Proxies cannot be given to individuals other than the Bank's shareholders, nor can shares be divided or separated in any other way to give proxies. Such given proxies will be invalid.

    ६. If a shareholder who has appointed a proxy attends the meeting themselves and signs the attendance register, the proxy given by them will automatically be invalid.

    ७. In a situation where a single shareholder has given more than one proxy, if a separate letter is registered ४८ hours before the meeting begins, stating that the latest proxy should be recognized, then all previous proxies will be considered automatically invalid, and the latest proxy will be recognized.

    ८. In the case of minor shareholders, only the person whose name is written as a guardian in the share registration book can participate in the meeting, discuss, appoint a representative, and vote in the capacity of a guardian.

    ९. Questions, queries, or opinions raised by shareholders at the Annual General Meeting will be answered by the Chairman of the meeting or a person designated by the Chairman on behalf of the Board of Directors.

    Trending News

    • Trending8 Jun, 2026

      सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा

      Read news
    • Trending8 Jun, 2026

      कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको ४७ करोड १४ लाख फिर्ता गरेको जनायो

      Read news
    • Trending7 Jun, 2026

      एभरेष्ट अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

      Read news

    Related News

  • सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा
    Top

    3 min read

    सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा

    NEPSE TRADING

    ·

    8 Jun, 2026

  • कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको ४७ करोड १४ लाख फिर्ता गरेको जनायो
    Investor

    1 min read

    कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्ताको ४७ करोड १४ लाख फिर्ता गरेको जनायो

    NEPSE TRADING

    ·

    8 Jun, 2026

  • एभरेष्ट अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न
    Top

    1 min read

    एभरेष्ट अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

    NEPSE trading

    ·

    7 Jun, 2026

  • आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो
    Top

    2 min read

    आईएमएफबाट नेपाललाई थप साढे ६ अर्ब : चार वर्षे ईसीएफ कार्यक्रम सम्पन्न, कुल सहायता ५८ अर्ब नाघ्यो

    NEPSE TRADING

    ·

    7 Jun, 2026

  • साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य, पुराना खाताको केवाईसीमा पनि चाहिने
    Investor

    1 min read

    साउन १ देखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचय नम्बर अनिवार्य, पुराना खाताको केवाईसीमा पनि चाहिने

    NEPSE TRADING

    ·

    7 Jun, 2026