सिक्लेस हाइड्रोले १५ प्रतिशत बोनससहित हकप्रद घोषणा, दुई आर्थिक वर्षका साधारण सभा एकैपटक
Author
NEPSE TRADING

सिक्लेस हाइड्रो लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान गर्दै १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले यसअघि सम्पन्न नभएकाले २०औं र २१औं वार्षिक साधारण सभा एकै दिन बोलाएको छ। दुवै सभा मंसिर २९ गते पोखरामा अवस्थित आभ्या क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछन्। दुई वर्षका एजेन्डा एकैपटक पारित गर्ने तयारी कम्पनीकाे बताइएको छ।
साधारण सभाले बोनस शेयर पारित भएपछि कायम हुने चुक्ता पुँजी बराबर (१००%) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन, र नियमनकारी निकायले आवश्यक ठानेका संशोधन तथा निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।
लाभांश वितरण तथा सभामा सहभागिताका लागि कम्पनीले मंसिर १८ गते सेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ। यस अनुसार नेप्सेमा मंसिर १७ गतेसम्म कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।



