
सानिगाड हाइड्रो लिमिटेडको साधारण शेयर निष्काशन तथा बिक्री बन्द बारेको सूचनाSanigad Hydro Limited: Public Share Issuance and Sale Closing Notice
- वर्ग:Category:
- IPO/FPO News
- प्रकाशित मिति:Published:
- Published on June 4, 2026
सानिगाड हाइड्रो लिमिटेड
SANIGAD HYDRO LIMITED
(माथिल्लो कालंगागाड जलविद्युत आयोजना ३८.४६ मे.वा.)
रजिष्टर्ड कार्यालय: ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ३, धोबिघाट
साधारण शेयर निष्काशन तथा बिक्री बन्द बारेको सूचना
सानिगाड हाइड्रो लिमिटेडले आफ्नो जारी पूँजी रु.२,८५,००,००,०००/- (अक्षरेपी दुई अर्ब पचासी करोड मात्र) को ३०% अर्थात ८५,५०,००,००० कित्ता साधारण शेयर सर्वसाधारणको लागि छुट्टयाएको मध्ये जारी पूँजीको १०% अर्थात रु.२८,५०,००,०००/- रकम बराबरको २,८५,०००/- कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई बाँडफाँड गरी बाँकी पूँजीको २०% अर्थात रु.५७,००,००,०००/- रकम बराबरको ५,७०,००० कित्ता साधारण शेयर सर्वसाधारण शेयर मध्ये १०% अर्थात ५७,००० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ३% अर्थात १७,१०० कित्ता निष्काशनकर्ता कम्पनीका कर्मचारीहरुलाई र ५% अर्थात २८,५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँड गरेपश्चात बाँकी ४,७५,४०० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा आवेदकहरुबाट माग गरे भन्दा बढी शेयर खरीदका लागि आवेदन प्राप्त हुन आएकोले आज मिति २०८३ जेठ २७ गते (बैंकिङ्ग समय पश्चात) सो शेयरका लागि आवेदन लिने कार्य बन्द गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
यस निष्काशन कार्यमा संलग्न सम्पूर्ण सि-आस्वा बैंक तथा वित्तीय संस्थाहरुले यस सूचनालाई आधिकारिक मानि साधारण शेयरका लागि दरखास्त बुझ्ने कार्य आज मिति २०८३ जेठ २७ गते (बैंकिङ्ग समय पश्चात) बन्द गर्नुहुन अनुरोध गर्दछौं। यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, सि-आस्वा बैंक तथा वित्तीय संस्थाहरु, नियमन निकाय तथा सम्बन्धित सबै निकायहरुमा धन्यवाद ज्ञापन गर्दछौं।
दरखास्त दिने न्यूनतम कित्ता : १० कित्ता दरखास्त दिन पाउने अधिकतम कित्ता : २०,००० कित्ता
दरखास्तसाथ भुक्तानी गर्नुपर्ने रु. १००/- प्रति शेयरको दरले
सि.नं. विवरण प्राप्त गर्ने स्थानको नाम र ठेगाना
- लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, बानेश्वर, काठमाण्डौ र वेभसाइट : www.lscapital.com.np
- सानिगाड हाइड्रो लिमिटेड, धोबिघाट, ललितपुर र वेभसाइट : www.sanigadhydro.com.np
- सानिगाड हाइड्रो लिमिटेडको आयोजना स्थल, बझाङ्ग जिल्ला, दुगाल गाउँपालिका
साथै नेपाल धितोपत्र बोर्डको वेभ साइट: www.sebon.gov.np बाट यस निष्काशनको स्वीकृत विवरणपत्र हेर्न सकिनेछ।
सर्वसाधारण शेयरधनीहरुको हकमा : सर्वसाधारणको लागि नेपाल धितोपत्र बोर्डबाट सि-आस्वा (C-ASBA) सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु।
कम्पनीको संक्षिप्त वित्तीय विवरण :
विवरण वास्तविक अपरिष्कृत प्रक्षेपित
आ.व. आ.व. आ.व. पौष मसान्त आ.व. आ.व. आ.व.
२०७०/०७१ २०७०/०७१ २०७१/०७२ २०७२ २०७२/०७३ २०७३/०७४ २०७४/०७५
| प्रति शेयर नेटवर्थ (रु.) | १२४.३८ | १०१.५८ | १०४.५७ | ११३.२३ | १०१.११ | ७४.४४ | ९.१० |
| प्रति शेयर आम्दानी (रु.) | (१.११) | (१४.१०) | २.८० | ८.६५ | १०.११ | ७.४४ | ७.१० |
| संचित नाफा/नोक्सान (रु हजारमा) | ३१,७४४.०० | ३१,६०३.०० | ९१,२९४.०० | २६३,७५६.०० | ४०४,४७८.०० | ६१६,४८०.०० | ८७५,७४३.०० |
सानिगाड हाइड्रो लिमिटेड (३८.४६ मे.वा.)
विद्युत उत्पादनको कुल लागत : रु. ८६८.७० करोड
विद्युत उत्पादन अनुमतिको बाँकी अवधि : २५.३ वर्ष
साधारण लगानी फिर्ता हुने अवधि : ८.२५ वर्ष
डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि : ९.६४ वर्ष
प्रति मेगावाट लागत : रु. २२.५८ करोड
विद्युत उत्पादन अनुमतिको प्राप्त मिति : २०७२/१२/१४
विद्युत उत्पादन अनुमतिको बहाल रहने मिति : २१०७/१२/१३
क्रेडिट रेटिङ्ग सम्बन्धी व्यवस्था :
यस विवरणपत्र अनुसार सार्वजनिक रुपमा निष्काशन गर्न लागिएको साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम इक्रा नेपाल लिमिटेड (ICRA Nepal Ltd.) डिल्लीबजार, काठमाण्डौबाट क्रेडिट रेटिङ्ग गराई मिति २०८२ पौष ३० गते “ICRANP-IR] BB-” प्रमाणपत्र प्राप्त गरेको छ। “ICRA Nepal Issuer Rating BB-” ले कम्पनीको वित्तीय दायित्वको समयमै सेवा गर्ने सम्बन्धमा पूर्व निर्धारितको मध्यम जोखिम रहेको (Moderate risk of default regarding timely servicing of financial obligations) भन्ने बुझिन्छ। इक्रा नेपाल लिमिटेडले [ICRANP-IR] D सम्मको रेटिङ्ग प्रदान गर्दछ जसमा [ICRANP-IR] AAA ले कमजोर आधार जनाउँदछ र [ICRANP-IR] D ले कमजोर आधार जनाउँदछ। रेटिङ्ग संकेत पछाडि रहने + (जोड) वा – (घटाउ) चिन्हले सम्बन्धित रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ।
सो रेटिङ्गको बैधता अवधि एक वर्ष अर्थात २०८३ पौष २४ गते (January 08, 2027) सम्म रहनेछ।
लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिँदा अनिवार्य रुपमा उक्त निष्काशनको विवरणपत्र पढी आफ्नो स्वेच्छाले दरखास्त दिनुहुन अनुरोध गर्दछौं।
२. Sanigad Hydro Limited, Dhobighat, Lalitpur & Website: www.sanigadhydro.com.np
३. Sanigad Hydro Limited's project site, Bajhang District, Dugal Rural Municipality
Also, the approved prospectus for this issuance can be viewed on the Nepal Securities Board website: www.sebon.gov.np.
For general shareholders: All banks and financial institutions that have obtained C-ASBA membership from the Nepal Securities Board and their designated branch offices.
Company's Brief Financial Details:
Description Actual Unaudited Projected
F.Y. F.Y. F.Y. Poush End F.Y. F.Y. F.Y.
२०७०/०७१ २०७०/०७१ २०७१/०७२ २०७२ २०७२/०७३ २०७३/०७४ २०७४/०७५
| Net Worth Per Share (Rs.) | १२४.३८ | १०१.५८ | १०४.५७ | ११३.२३ | १०१.११ | ७४.४४ | ९.१० |
| Earnings Per Share (Rs.) | (१.११) | (१४.१०) | २.८० | ८.६५ | १०.११ | ७.४४ | ७.१० |
| Retained Earnings/Loss (in thousands Rs.) | ३१,७४४.०० | ३१,६०३.०० | ९१,२९४.०० | २६३,७५६.०० | ४०४,४७८.०० | ६१६,४८०.०० | ८७५,७४३.०० |
Sanigad Hydro Limited (38.46 MW)
Total cost of electricity generation: रु. ८६८.७० crores
Remaining period of electricity generation license: २५.३ years
Simple payback period: ८.२५ years
Discounted payback period: ९.६४ years
Cost per megawatt: रु. २२.५८ crores
Date of obtaining electricity generation license: २०७२/१२/१४
License validity period for electricity generation: २१०७/१२/१३
Credit Rating Arrangement:
As per the provisions of Rule 3 of the “Credit Rating Regulations, २०६८”, for the public shares to be issued as per this prospectus, ICRA Nepal Ltd. (Dillibazar, Kathmandu) has assigned a credit rating of “ICRANP-IR] BB-” on २०८२ Poush ३०. “ICRA Nepal Issuer Rating BB-” signifies a moderate risk of default regarding timely servicing of financial obligations by the company. ICRA Nepal Limited provides ratings up to [ICRANP-IR] D, where [ICRANP-IR] AAA indicates a weak basis and [ICRANP-IR] D indicates a weak basis. The '+' (plus) or '-' (minus) sign after the rating indicates the comparative position within that rating category.
The validity period of this rating is one year, i.e., until २०८३ Poush २४ (January 08, 2027).
Investors are requested to apply for the public issuance of securities voluntarily after reading the prospectus through written or electronic means.