कामना सेवा विकास बैंकको डिम्याट खाता वार्षिक शुल्क भुक्तानी सम्बन्धी जरुरी सूचनाKamana Sewa Bikas Bank: Urgent Notice Regarding Demat Account Annual Fee Payment
- वर्ग:
- Others
- प्रकाशित मिति:
- Updated on June 10, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
हितग्राही खाता (Demat Account) को वार्षिक सञ्चालन शुल्क बुझाउने बारे अत्यन्त जरुरी सूचना
यस कामना सेवा विकास बैंक लिमिटेडका शाखा कार्यालयहरु मार्फत हितग्राही खाता (Demat Account) खोली आफ्नो धितोपत्रको कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरुलाई धितोपत्र, केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०७२/०७३ सम्म कारोबार गरे बापत प्रत्येक आ.व. को रु १००/- (अक्षरेपी सय मात्र) को दरले वार्षिक सञ्चालन शुल्क बापत बुझाउनुपर्ने रकम बाँकी रहेका ग्राहक महानुभावहरुलाई मिति २०८३ साल असार मसान्त भित्र आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा वा eSew, Khalti and Connect IPS जस्ता विद्युतीय माध्यमद्वारा भुक्तानी गर्न सकिने व्यवस्था गरिएकोले आफूलाई उपयुक्त हुने माध्यमबाट उक्त शुल्क भुक्तानी गर्नहुन अनुरोध गरिन्छ।
नोट: आ.व. २०७२/७३ सम्मको वार्षिक सञ्चालन शुल्क मिति २०८३ असार मसान्त भित्र नबुझाएमा २०८३ साल साउन १ गते बाट खाता स्वतः रोक्का (Debit Freeze) हुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराईन्छ।
साथै, MERO SHARE सेवा लाई प्रयोग गरिरहनु भएका ग्राहक महानुभावहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नवीकरण गरिसक्नु पर्ने र सो समयावधिभित्र नवीकरण नभएमा उक्त सेवा स्वतः बन्द हुने भएको हुँदा हितग्राही खाता नवीकरण गर्ने समयमा नै उक्त MERO SHARE सुविधा समेत नवीकरण गर्न सक्नु हुनेछ।
Urgent Notice Regarding Payment of Annual Operating Fee for Beneficiary Account (Demat Account)
This is to request all esteemed customers who have opened a beneficiary account (Demat Account) through the branch offices of Kamana Sewa Bikas Bank Limited and are currently trading securities, to pay the outstanding annual operating fee at the rate of Rs १००/- (one hundred only) per fiscal year for transactions conducted up to the fiscal year २०७२/०७३, as per the provisions of the Securities, Central Depository Service Regulations, २०६८. Customers with outstanding amounts are requested to pay the fee by २०८३ Ashar end through their nearest convenient branch office or via electronic payment methods such as eSew, Khalti, and Connect IPS.
Note: If the annual operating fee for the fiscal year २०७२/७३ is not paid by २०८३ Ashar end, the account will be automatically frozen (Debit Freeze) from २०८३ Shrawan १. This information is also provided through this notice.
Additionally, esteemed customers who are using the MERO SHARE service must renew it within one year of the service's activation. If the service is not renewed within that period, it will be automatically closed. Therefore, you will be able to renew the MERO SHARE facility along with the beneficiary account renewal.




