
एभरेष्ट कलरको आईपीओ आजै बन्द हुँदै, लगानीकर्तालाई अन्तिम अवसरLast Day to Apply for Everest Color IPO as Deadline Closes Today
काठमाडौं — एभरेष्ट कलर लिमिटेडको सेयरमा लगानी गर्न चाहने सर्वसाधारण लगानीकर्तासँग आज जेठ २७ गते मात्र समय बाँकी छ। कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशनमा आवेदन दिने म्याद आज साँझ सकिँदैछ।
कम्पनीले आफ्नो कुल जारी पूँजी ३० करोड रुपैयाँको झण्डै २६ प्रतिशत बराबर ७ लाख ९० हजार कित्ता सेयर बाहिर ल्याउन धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो। यसमध्ये विदेशमा काम गर्ने नेपालीहरूका लागि ७९ हजार, सामूहिक लगानी कोषका लागि ३९ हजार ५०० र आफ्नै कर्मचारीका लागि १५ हजार ८०० कित्ता अलग्याइएको थियो। ती सबैको बाँडफाँट भइसकेपछि अब सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता मात्र उपलब्ध छ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्तीमा १० कित्तादेखि बढीमा १० हजार कित्तासम्म एकै व्यक्तिले आवेदन दिन पाउनेछन्। बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ।
आवेदन दिन आस्बा सुविधा भएका जुनसुकै बैंक वा वित्तीय संस्थाको शाखामा जान सकिन्छ। घरबाटै आवेदन दिन चाहनेले मेरो शेयर प्रणालीमार्फत सी–आस्बा विकल्प प्रयोग गर्न सक्छन्।
Kathmandu — Investors keen on picking up shares in Everest Color Limited have only until today, Jestha 27, to submit their applications. The subscription window for the company's initial public offering closes this evening, leaving no room for those who have yet to apply.
The company received approval from the Securities Board of Nepal to float 790,000 shares, equivalent to nearly 26 percent of its total issued capital of Rs 30 million. Of the total offering, 79,000 shares were reserved for Nepalis working abroad, 39,500 for collective investment funds, and 15,800 for company employees. With allotment for those categories already completed, the remaining 655,700 shares worth Rs 65.57 million are available for the general public.
Individual investors can apply for a minimum of 10 shares and a maximum of 10,000 shares at a face value of Rs 100 per share. Muktinath Capital Limited has been appointed as the issue and sales manager for the offering.
Applications can be submitted through any ASBA-enabled bank or financial institution. Those who prefer to apply from home can do so through the Mero Share platform operated by CDS and Clearing Limited using the C-ASBA facility.




