·

नेप्से सातौं दिनसम्म हरियालीमै, RSI ८४ नाघ्दै जोखिम संकेत, ३०४५ नजिक प्रतिरोध

Author

NEPSE TRADING

नेप्से सातौं दिनसम्म हरियालीमै, RSI ८४ नाघ्दै जोखिम संकेत, ३०४५ नजिक प्रतिरोध

नेपालको पुँजी बजारमा सातौं दिनसम्म पनि सुधारको लय कायम रहँदा नेप्से परिसूचक २५३ अंकले उकालो लागेको छ। बजारले बुधबार ५.१७ अंकले वृद्धि गर्दै २९७८.८८ विन्दुमा बन्द गर्‍यो। तीन दिनदेखि दैनिक कारोबार २० अर्ब हाराहारीमै रहेको छ भने समग्र बजार पुँजीकरण हालसम्मकै उच्च बिन्दु ४९ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँमा पुगेको छ।

साउनको सुरुवातसँगै आएको यो तेजीसँगै लगानीकर्ताको मनोबल उच्च देखिएको छ। तर बुधबारको बजारमा प्राविधिक रूपमा डोजी क्यान्डल देखिएपछि प्रफिट बुकिङको संकेत देखिएको छ। प्राविधिक विश्लेषक अजित खनालका अनुसार, २९२९ को रेसिस्टेन्स ब्रेक भए पनि बायर्स कमजोर देखिएका छन् र बजार असमञ्जसको अवस्थामा प्रवेश गरेको छ।

प्रविधिक संकेत र RSI को चेतावनी
शेयर विश्लेषक अजित खनालका अनुसार RSI (Relative Strength Index) ले बुधबार ८४ को स्तर पार गरेको छ, जुन क्लासिक 'ओभरबोट जोन' हो। यो स्तर पार हुँदा बजारले अक्सर करेक्सन देखाउने इतिहास छ। आगामी प्रतिरोध क्षेत्र ३०४५ अंकमा रहेको प्राविधिक विश्लेषणले देखाउँछ, जुन टुंगो मोडमा पुग्न लागेको बजारको पहिलो निर्णायक परीक्षा बन्नेछ। त्यसपछिको प्रमुख रेसिस्टेन्स ३०८८ मा छ, जहाँ अघिल्लो समयमा बजारले रिवर्सल देखाएको थियो।

सेक्टरगत अवस्था र कारोबार संकेत
बुधबारको दिन १३ उपसमूहमध्ये ७ उपसमूह हरियालीमा देखिए भने बाँकी ६ समूह ओरालो लागे। वित्त उपसमूहमा सबैभन्दा बढी ३.२३% वृद्धि देखिएको हो भने होटल तथा पर्यटन उपसमूहमा १.१०% गिरावट आएको छ। ट्रेड टावर र सान्भि इनर्जीको शेयरमा सर्किट लेभलको कारोबार देखियो। ग्रीन भेन्चर्सको शेयर ९.५% ले बढेको छ भने भुगोल इनर्जीमा ५.३२% को गिरावट देखियो।

ब्रोकर विश्लेषण
बुधबारको कारोबारमा शीर्ष १० ब्रोकरमध्ये ५ ब्रोकर खरिद (Buy) मा अगाडि देखिए भने ५ विक्री (Sell) मा। ब्रोकर ५८ सबैभन्दा बढी सक्रिय देखियो, जसको टर्नओभर २२ अर्ब ३० करोड रुपैयाँ पुग्यो र Buy/Sell Ratio 1.24 रहेको थियो। यसले देखाउँछ कि ब्रोकर ५८ खरिदतर्फ भारी रहेको छ। उता, ब्रोकर 49, 57, 38 लगायतका ब्रोकरले विक्रीतर्फ बढी सक्रियता देखाए।

बजार अझै बुलिस मोडमै देखिए पनि RSI ले स्पष्ट चेतावनी दिएको छ। ३०४५ को रेसिस्टेन्स नजिक बजारले केही करेक्सन लिन सक्छ। हाईड्रो सेक्टरको कारोबार हिस्सा ३८% नाघ्दै सक्रिय रहँदा अन्य सेक्टरको गतिविधि घट्दो छ। साथै, प्रमुख ब्रोकरको क्रियाशीलता बजारको वर्तमान लयलाई समर्थन गरिरहेको छ। अबको एक–दुई दिनको क्यान्डलले बजारको नयाँ दिशा तय गर्नेछ भन्नेमा विश्लेषकहरू एकमत छन्।

Related News