·

मौद्रिक नीति आउनु अघि बजार उफ्रियो, बैंकिङ्ग सेक्टरमा ११ महिनापछि बाउन्स! बजारमा उत्साहको बहार!

Author

NEPSE trading

मौद्रिक नीति आउनु अघि बजार उफ्रियो, बैंकिङ्ग सेक्टरमा ११ महिनापछि बाउन्स! बजारमा उत्साहको बहार!

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति अन्तिम तयारीको चरणमा छ। यता, शेयर बजारमा भने यसअघि नै उत्साहजनक संकेत देखिएको छ। नयाँ गभर्नर डा. विश्वनाथ पौडेलले नियुक्तिपछि शेयर धितो ऋणको जोखिम भार १०० प्रतिशतमा सीमित गर्ने, चालु पूँजी कर्जामा संशोधन गर्ने, र २ करोडभन्दा कम ऋण लिनेहरूलाई पुनर्संरचना सुविधा दिने निर्णय गरेपछि बजारमा सकारात्मक तरंग देखिएको हो।

रेसिस्टेन्स ब्रेक गर्दै नयाँ हाइको आशा
पछिल्ला दुई सातामा नेप्से सूचक १३६ अंकले उकालो लागिसकेको छ। बिहीबार मात्र सूचक २५.८९ अंकले बढेर २७३१.८० विन्दुमा पुगेको छ, जुन २८ फागुनपछिको उच्चतम विन्दु हो। लामो समयदेखि २५७५–२७४० को रेजमा सीमित बजारले अहिले त्यो रेञ्ज ब्रेकआउट गर्दै नयाँ ट्रेन्डको सुरुवातको संकेत दिएको छ।

१० अर्बको नजिक कारोबार
बिहीबार ३१२ वटा स्टकमा ८८ हजार ६१५ पटक कारोबार हुँदै ९ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो दिन (बुधबार) मात्र साढे ७ अर्बको कारोबार भएको थियो। कारोबार रकमको बढोत्तरीले बजारमा नयाँ पूँजी प्रवेश र लगानीकर्ताको आत्मविश्वास बलियो भएको देखाउँछ।

११ उपसमूह हरियो, बैंकिङ्गमा बलियो बाउन्स
१३ उपसमूहमध्ये ११ उपसमूहको सूचक हरियोमा बन्द भएको छ। तीमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक ३.०२ प्रतिशतले बढेको हो। विकास बैंक र लघुवित्त उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

माइ खोला, माण्डु, समता, भगवतीको शेयरमा तीव्र वृद्धि
माइ खोला हाइड्रोपावरको शेयर ८.१५% ले, माण्डु हाइड्रोपावर, समता लघुवित्त र भगवती हाइड्रोपावरको शेयर ६% भन्दा बढीले बढेका छन्। यिनले छोटो अवधिमा उच्च प्रतिफल दिएका छन्।
तर, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर भने ९.९२% ले घट्दै दिनको सबैभन्दा घाटामा परेको स्टक रह्यो।

एनआरएन, बुटवल पावर, सानिमा टप कारोबारमा
बिहीबार सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भयो (५७ करोड), त्यसपछि बुटवल पावर (३२ करोड) र सानिमा बैंक (२६ करोड) को शेयर कारोबार भएको थियो।

प्राविधिक विश्लेषण: बजारमा बुलिस ब्रेकआउट

  • नेप्सेले मर्निङ्ग स्टार क्यान्डल प्याटन बनाउँदै बलियो रेसिस्टेन्स ब्रेक गरेको छ।

  • RSI ६७.६८ पुगेको छ, जुन ओभरबोट जोनमा पुग्नै लागेको अवस्थामा छ – बलियो बुलिस संकेत।

  • MACD ले बुलिस क्रसओभर गर्दै जिरो लाइन माथि आएको छ।

  • नेप्से अहिले २०० मुभिङ्ग एभरेज (MA) माथि ट्रेड भइरहेको छ, जुन लामो समयको ट्रेन्ड परिवर्तनलाई पुष्टि गर्छ।

  • बैंकिङ्ग सूचकले पनि डबल टप ब्रेक गर्दै नयाँ मुमेन्टम देखाएको छ।

ब्रोकर विश्लेषण: ठूला ब्रोकरहरुको सन्तुलित भूमिका

आज ठूला १० ब्रोकरको कारोबार औसत जस्तै देखिएको छ।

  • ५ वटा ब्रोकरले बढी खरीद (Buy) गरेका छन्,

  • भने ५ वटाले बढी बिक्री (Sell) गरेका छन्।

  • ब्रोकर नं. ५८ ले आज सबैभन्दा बढी कारोबार (१ अर्ब ६२ करोड) गर्दै पुनः अग्रस्थानमा फर्किएको छ। उसले ८० करोडको बाई र ८२ करोडको सेल गरेको देखिन्छ।

  • ब्रोकर नं. ४२ ले ३८ करोडको बाई र ३६ करोडको सेल गरेको छ।

  • लगानीकर्ताले अहिले असार मसान्तको क्लोजिङका कारण ब्रोकरेज उधारो मिलाउन सेयर बिक्री गरेको देखिन्छ, तर खुद लगानीकर्ताले व्यापक रूपमा सेयर बेचेका छैनन्।

  • सबैभन्दा धेरै खरीद भएको स्टक एनआरएन हो, जसमा ब्रोकर ५८ को अग्रता देखिन्छ।

मौद्रिक नीति आउनु अघिनै बजारमा टेक्निकल र फण्डामेन्टल दुवै हिसाबले सकारात्मक संकेत देखिएको छ। मौद्रिक नीति यदि यस्तै खुकुलो र प्रवर्द्धनमुखी आयो भने, नेप्से २८०० पार गर्दै नयाँ बुल ट्रेन्ड सुरु गर्ने प्रबल सम्भावना देखिन्छ। दीर्घकालीन लगानी दृष्टिकोणले हेर्दा अहिलेको बजार स्थिति उत्कृष्ट अवसर हुनसक्छ।

Related News